दिपावलीमा भएन लाेडसेडिङ, उज्यालोले सम्झायाे माओवादी
यस वर्षको तिहारकाे विशेष दिन लक्ष्मीपुजाकाे अवसरमा पनि लाेडसेडिङ भएन । १० वर्ष पहिले देशमा दैनिक १८ घण्टा लाेडसेडिङ हुने गरेको थियाे ।

माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारकाे पहलमा दैनिक १८ घण्टाकाे लाेडसेडिङकाे तालिका अन्त्य गरी देशलाई उज्यालो नेपालमा रूपान्तरण गरेको थियाे ।

प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्माले विद्युुत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरी उज्यालो नेपालकाे अभियान लक्ष्मीपुजाबाटै शुरू गरेका थिए ।
नेपाल र नेपाली जनताको लागि याे ऐतिहासिक उपलब्धि थियाे र सदा रहिरहनेछ । नेपाली जनताले याे दिनमा सधैं माओवादीकाे याेगदानलाई सम्झने गरेका छन् ।






