राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल जेनेभा प्रस्थान, यस्ताे छ कार्यसूची
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल अन्तर व्यवस्थापिका संघ (IPU) को १५१ औं महासभामा सहभागी हुन जेनेभा प्रस्थान गर्नुभएको छ।
टोलीमा राष्ट्रिय सभाका सदस्यहरू गोपी बहादुर सार्की आछामी र माननीय मदन कुमारी शाह (गरिमा) सहभागी हुनुहुन्छ।
यही कार्त्तिक ०२ गतेदेखि ०६ गते (अक्टोवर १९-२३) सम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा सम्माननीय अध्यक्षले “Upholding humanitarian norms and supporting humanitarian action in times of crisis” विषयमा नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ भने विभिन्न देशका संसदका प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएकाे छ।
अन्तरव्यवस्थापिका संघ (IPU) का स्थायी समितिका कार्यक्रमहरूमा प्रतिनिधि मण्डलमा सम्मिलित माननीय सदस्यहरू सहभागी हुनुहुनेछ। माननीय मदन कुमारी शाह (गरिमा) Forum of Women Parliamentarians को बैठकहरूमा पनि सहभागी हुनुहुनेछ।
साथै, Association of the Secretaries General of the Parliaments (ASGP) को बैठकमा संघीय संसदका महासचिवसहितको टोली सहभागी हुने कार्यक्रम समेत रहेको छ।





