आफुविरूद्व भ्रम छरिएको शर्माको आराेप
नेकपा माओवादी केन्द्रका महाधिवेशन आयाेजक समिति सचिवालय सदस्य तथा पुर्व मन्त्री जनार्दन शर्माले आफ्नो विरूद्वमा विभिन्न सञ्चारमाध्यमले नियाेजित प्रचार गरेको आराेप लगाएका छन् ।
केही दिनदेखि विभिन्न अनलाइन र सञ्चारमाध्यममा शर्माले विप्लव, घनश्याम भुषाल लगायतसँग मिलेर नयाँ पार्टी बनाउन लागेकाे समाचार आइरहेका बेला उनलेे आज फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन् । उनलेे आफूविरुद्ध गलत र भ्रम छर्ने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनलेे पार्टी निर्माण, पुनर्गठन, रुपान्तरण, शुद्धीकरण लगायतका सन्दर्भमा विगत दुई वर्षदेखि पार्टीभित्र र विभिन्न तहमा आफूले बहस चलाएको दावी गरे ।
उनले जेनजी आन्दोलन पछि नयाँ युगमा पार्टी कसरी निर्माण गर्ने र नयाँ पुस्तामा नेतृत्व कसरी हस्तान्तरण गर्ने लगायत विषयहरू राखेकै कारण ती बहसलाई डाइभर्ट गर्न आफूविरुद्ध भ्रामक र दुष्प्रचार भइरहेको बताए ।




