सर्वोच्चमा आजबाट रिट दर्ता शुरू हुने, संसद विघटन विरूद्वकाे रिट पनि आजै हाल्ने तयारी
जेनजी आन्दोलनमा आगजनीमा ध्वस्त पारिएको सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।
सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट मंगलबार (आज)बाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भदौ २९ बाट बन्दीप्रत्यक्षकरणको मुद्दा मात्र हेर्दै आएको थियो ।
राजनीतिक दलहरू, कानुन व्यवसायी र नागरिकहरु संसद पुनःस्थापनाको माग लिएर आजै सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।





