विपिन जाेशी जिवित फर्किने आशा समाप्त, जिवित नरहेको ओैपचारिक घाेषणा

मूलखबर संवाददाता
काठमाडौं, २७ असाेज

विगत ३ वर्षदेखि इजरायलबाट हमास लडाकुकाे अपहरणमा परी वेपत्ता अवस्थामा रहेका नेपालका विद्यार्थी विपिन जाेशी जिवित फर्किने आशा समाप्त भएको छ ।   इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जाेशी जीवित नरहेको औपचारिक घोषणा  गरेको छ।

केहीबेर अघि विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।

‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,’ राजदूत धनप्रसाद पण्डितले भने, ‘परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ।’

राजदुत पण्डितका अनुसार इसरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जिवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन। मृतक मध्ये केहीको शव भेटिएको छैन।

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुश्पा अमेरिकाबाट जोडिएका थिए। परिवारका सदस्य किशोर जोशी, राजदुत पण्डितत र इसराइली डिफेन्स फोर्सका अधिकारी उक्त भिडिओ कुराकानीमा सहभागी थिए।

परराष्ट्र मन्त्रालयले भने इसरायलको आइडिएफले पनि आकलन मात्र गरेको हुन सक्ने बताएको छ।