आज देशभर मौसम मुख्यतया सफा रहने
आज देशभर मौसम मुख्यतया सफा रहने देखिएकाे छ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागले नेपालबाट जलवाष्पयुक्त मनसुन बाहिरिइसकेकाे जनाएकाे छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आज राती देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।





