मुलुककाे राजनीतिक निकासकाे लागि सर्वपक्षीय राष्ट्रिय सहमति आवश्यक : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २४ असाेज

नेकपा माओवादी केन्द्रका संयाेजक प्रचण्डले मुलुककाे वर्तमान राजनीतिक संकटकाे निकासकाे लागि सर्वपक्षीय  राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले देशमा गम्भीर राजनीतिक संकट देखा परेकाले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको जिकिर गरे ।

उनलेे भने- हिजोको शान्ति सम्झौताका सहयात्रीहरू, संविधान सभाका सहयात्रीहरू, गणतन्त्रका सहयात्री सबै र अहिले जेनजी आन्दोलनमा सुशासन चाहियो, भ्रष्टाचार रोकिनुप¥यो भन्ने ती युवा पुस्तालाई समेत विश्वासमा लिएर एउटा राष्ट्रिय सहमतिबाट चुनावको वातावरण बनाऊ,’ प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिबाट संविधान संशोधनको बाटोमा, राष्ट्रिय सहमतिबाट यो राष्ट्रको स्वाधिनता र स्वाभिमान रक्षा र सुदृढीकरणमा एक हुनुको विकल्प छैन।’

उनलेे राष्ट्रियता र सार्वभाैमिकतामा अहिलेसम्मकै गम्भीर संकट देखिएकाे बताए । उनले भे- राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’