राष्ट्रपति पाैडेलले बाेलाए सर्वदलीय बैठक, प्रधानमन्त्री पनि सहभागी हुने

मूलखबर संवाददाता
काठमाडौं, २४ असाेज

फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यकाे निर्वाचनको वातावरण बनाउन  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् ।