विपद : इलाममा मात्रै ज्यान गुमाउने ३७ पुगे (नामावलीसहित)

मूलखबर संवाददाता
काठमाडौं, १९ असाेज

इलाम, १९ असोज

अविरल वर्षापछि इलाममा गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृती सोङमी रहेका छन् ।

यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन् ।

यस्तै, देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ ।

पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ ।

पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन् ।

यस्तै, दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ । यस्तै, इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उहाँको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

इलाममा पहिरोमा परि मृ’त्यु हुनेको संख्या ३७ पुगेको छ भने २३ जना मृतकको सनाखत भएको छ ।
– सनाखत भएका मृतकहरूको विवरण:
१. रोशन लिम्बु (२२) देउमाई–५
२. बेबिसा राई (२२) देउमाई–५
३. कृष्णमाया लिम्बु (५७) माङसेबुङ–१
४. माया लिम्बु (५०) माङसेबुङ–१
५. नेहा राई (१७) पाँचथर मिम्लाजुङ, माङसेबुङ
६. मनमाया क्षेत्री (६५) सूर्यदय–१, मानेभञ्ज्याङ
७. रस्मिका क्षेत्री (१०) मानेभञ्ज्याङ
८. दीप बस्नेत (४५) दोलखा, मानेभञ्ज्याङ
९. भवानी बस्नेत (२२) दोलखा, मानेभञ्ज्याङ
१०. दिव्या बस्नेत (१२) दोलखा, मानेभञ्ज्याङ
११. सुरेश लिम्बु (२८) फाकफोकथुम–३
१२. दीपक लिम्बु (३०) देउमाई–५
१३. ऋषिका लिम्बु (२७) देउमाई–५
१४. दिपिस्का लिम्बु (१०) देउमाई–५
१५. सौजन लिम्बु (९) पाँचथर घर, देउमाई–५
१६. सौगात लिम्बु (११) पाँचथर घर, देउमाई–५
१७. समीर देउजाली (२२) इलाम–५ घोष
१८. प्रवीण तामाङ (२३) इलाम–७, घोष गाउँ
१९. बिराज पाख्रिन तामाङ (२३) इलाम–८, घोष गाउँ
२०. अनु तामाङ (३२) झापा अर्जुनधारा, घोष गाउँ
२१. प्रिन्सिका मगर (८) माई–५, घोष गाउँ
२२. आवास दनुवार (३) झापा अर्जुनधारा, घोष गाउँ
२३. कृष्ण मगर (२८) देउमाई–३, लक्ष्मी बोटे
उद्धार कार्य जारी छ, धेरै व्यक्ति अझै बेपत्ता छन्।