सरकार अफेन्सिभ हुनुपर्छ : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री वर्षमान पुन अनन्तले सरकार विकास र राेजगारीकाे मुद्वामा अफेन्सिभ हुन जरुरी भएको बताउनुभएको छ ।
पार्टीको उपत्यका विशेष प्रदेशकाे कार्यलय बैठकमा सम्वाेधन गर्दै प्रदेश इन्चार्जसमेत रहेका नेता पुनले सरकार अफेन्सिभ हुन नसक्दा विभिन्न परिवर्तनविराेधीहरूले टाउकाे उठाउन खाेजेकाे बताउनुभयो ।
सरकार शुरूका केही महिना अफेन्सिभ भयाे, भ्रष्टाचार विरूद्व, सुशासनको पक्षमा धेरै अफेन्सिभ भयाे, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्ररकरण, सुन तस्करी लगायतकाे छानविन र कार्वाहीमा अफेन्सिभ हुँदा परिणाम राम्रै आयाे तर अदालत पुग्दा विस्तारै कमजोर जस्तो भयाे, उहाँले भन्नुभयाे याे त सिंगाे सत्ता हाम्राे पक्षमा नभएको भन्ने पुष्टि भयाे । हामी यसलाई पुर्णतामा पुर्याउन चाहन्छाै, जनता पनि त्यही चाहन्छन् तर त्यस्ताे अवस्था छैन ।
जाजरकाेट भुकम्पमा सरकारले र मुख्यत प्रधानमन्त्री प्रचण्डले अभुतपुर्व पहलकदमी लिएको र त्यसले सरकारकाे ग्राफ बढेकाे उल्लेख गर्दै अनन्तले अब जनताले जिवनमा परिवर्तनको आभाष हुने गरि याेजना र परिणामकाे अपेक्षा गरेका बताउँदै सरकारले जनताको जिवनस्तरमा र दैनिक जनजिवनमा अनुभुती हुने तर्फ अफेन्सिभ रूपले काम गर्न जरुरी रहेकाे बताउनुभयाे ।
उहाँले नारायणगढ बुटबल सडक, मुग्लिङ पाेखरा सडक निर्माणमा भएकाे ढिलासुस्तीले सरकारकाे छवि विगारेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे- त्यसलाई तत्काल र देरुत गतिमा सम्पन्न गर्नुपर्छ, काम नगर्ने ठेकदारका ठेक्का सम्झौता रद्व गर्ने नयाँ कन्ट्याक्ट्मा जाने गर्नुपर्याे, कर्मचारी फेरबदल गर्ने वा के गरेर हुन्छ तिब्र भुक्तानी प्रक्रिया गर्ने र काम सम्पन्न गर्ने काम सरकारले गर्नुपर्छ ।
नेता अनन्तले सरकारले १ वर्षको कार्यकालकाे समिक्षा गरि नयाँ रणनीति र कार्यक्रम तथा संरचनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभयाे । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्याे दिशामा गृहकार्य गररहनुभएकाे समेत बताउनुभयाे ।
उहाँले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले पार्टीमा नयाँ रक्तसञ्चार भएको र आगामी कार्ययाेजना निर्माणकाे लागि आधार तयार भएको बताउनुहुँदै यसले नेता कार्यकर्ता र जनताकाे सम्वन्ध सुधार र विस्तार भएको बताउनुभयाे ।