युएईमा प्रचण्ड-मोदी मन्त्रणा, नेपाललाई सघाउने भारतीय प्रतिवद्धता
कोप सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुबईमा भेटवार्ता भएको छ ।
शुक्रबार राति भएको भेटवार्तामा आपसी सम्बन्धबारे छलफल भएको हो। संक्षिप्त वार्ताका क्रममामा भारतीय प्रधानमन्त्री मोदीले जाजरकोट भूकम्पबारे जिज्ञासा राखेका थिए ।
उनले भूकम्पले पुर्याएको क्षेत्रमा पुनर्निर्माणका लागि आफूले हरतरहले सहयोग गर्ने आश्वासन दिएका छन्।
यसअघि प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगेल दियाज क्यानलबीच पनि युएईमै भेटवार्ता भएको थियो। भेटमा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।
क्युवा समाजवादी राष्ट्र हाे । लामाे समयदेखि अमेरिकी नाकावन्दीकाे सामना गरिरहेकाे क्युवा शिक्षा र स्वास्थ्यमा विश्वकै अब्बल राष्ट्रकाे पहिचान बनाएकाे छ । काेभिड महामारीको समयमा क्युवाले विश्वभर स्तरिय र द्रुत सेवा दिएको थियाे ।