प्रधानमन्त्री प्रचण्ड र क्युवाली राष्ट्रपति मिगेलबीच भेटवार्ता

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका महामहिम राष्ट्रपति मिगेल दियाज क्यानलबीच पहिलोपटक भेट भएको छ ।

संयुक्त राज्य इमिरेट्स दुबईमा जारी कोप २८ को अवसरमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युबाका महामहिम राष्ट्रपति Miguel Díaz-Canel बीच शुक्रबार भेटवार्ता भएकाे हाे । भेटमा  दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

क्युवा समाजवादी राष्ट्र हाे । लामाे समयदेखि अमेरिकी नाकावन्दीकाे सामना गरिरहेकाे क्युवा शिक्षा र स्वास्थ्यमा विश्वकै अब्बल राष्ट्रकाे पहिचान बनाएकाे छ । काेभिड महामारीको समयमा क्युवाले विश्वभर स्तरिय र द्रुत सेवा दिएको थियाे ।