भुकम्प पीडितलाई तत्काल आवश्यक सामग्री पठाउनुस्, भ्रमण गर्न नआउनुस् – जनार्दन शर्मा

मूलखबर संवाददाता
काठमाडौं

पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् रूकुम पश्चिमबाट सांसद रहेका जनार्दन शर्मा प्रभाकरले भुकम्प प्रभावित क्षेत्रकाे अवलाेकन गर्नमात्र नआउन नेताहरूकाे ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्रकाे बागमती प्रदेश इन्चार्जसमेत रहेका उनलेे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भुकम्प पीडितलाई तत्काल आवश्यक पर्ने सामग्री सहयाेग गर्न पनि अपिल गरेका छन् । उनलेे लेलेका छन्-

`भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा माटोले जोडेका घर भएकाले हजारौँ घरहरु भत्किएका र चिरा परेर बस्न नहुने भएको छ। माटोको जोडाइ भएका घरमा रेट्रोफिटिङ गर्ने पनि असम्भव हुने भएकाले यो क्षेत्रमा बसोबास गर्ने घर बाहिर नै रहेका छन् ।

सरकारको स्टोरबाट प्राप्त १० हजार थान त्रिपाल ( जाजरकोट र रुकुम पश्चिममा ५/५ हजार थान ) आजमात्र पुगेको छ । तिन जिल्ला लाई २५ हजार थान भन्दा बढि त्रिपाल आवश्यक भएकोमा १० हजार थान सरकार र अन्य २/३ हजार थान विभिन्न संघ सस्था र दाता बाट आएको देखिन्छ।

चिसो मौसमका कारण भुकम्पबाट प्रभावित जनताको अबस्था लाई ध्यान दिन तत्काल त्रिपाल, कम्मल, म्याट आवश्यक भएको हुदाँ सहयोगका लागी सम्पूर्ण अनुरोध गर्दै सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहान्छु । काम बिस्तारै हुन्छ भन्ने अबस्था नरहेकोले आवश्यक सामाग्रीहरु तत्कालै उपलब्ध गराउन र नेताहरुले प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन अनुरोध छ ।´