प्रधानमन्त्री प्रचण्डले गराए निर्णय- भूकम्पका प्रतिमृतक २ लाख, घर बनाउन ३ लाख
नेपाल सरकारले जाजरकोटमा शुक्रबार आएको भूकम्पका कारण आफन्त गुमाएका परिवारलाई प्रति मृतक रू २ लाख दिने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक बाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पपछि राहत, उद्धार र उपचारकाबारे विभिन्न निर्णय गराएका हुन्।
त्यस्तै सरकारले भूकम्पबाट भत्केको घर बनाउनका लागि रू ३ लाख उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ।
भूकम्प लगत्तै शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोट र पश्चिम (रुकुम) पुगेर क्षतिबारे बुझेर फर्केका थिए ।