कोशीको मुख्यमन्त्रीमा दाबी गर्न ६ दिनको समय
विटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न प्रदेश सभा सदस्यहरुलाई ६ दिनको समय दिएका छन् ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शनिबार विश्वासको मत नलिई राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो । उपधारा ५ अनुसार प्रदेश सभा सदस्यहरुमध्ये कसैले बहुमत पुर्याउन सक्ने भए प्रदेश प्रमुख समक्ष दाबी पेस गर्न सक्दछन् । आगामी शुक्रबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्ने छ ।
संविधानको धारा १६८ ९३० अनुसार नेकपा एमालेका हिक्मत कुमार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका थिए । उनले आजसम्ममा विश्वासको मत लिनैपर्ने भए पनि बहुमत नपुग्ने देखेपछि राजीनामा दिएका थिए ।
कोशी प्रदेशको नेतृत्वमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरेका छन् । यद्यपि केन्द्रको सत्ता गठबन्धनको नीति अनुसार अघि बढ्ने ती पार्टीका नेताहरुले बताएका छन् ।