शिक्षक आन्दोलन दाेश्राे दिन पनि जारी, यातायात अस्तव्यस्त (फाेटाेफिचर)
शिक्षा विधेयककाे विराेधमा नेपाल शिक्षक महासंघको नेतृत्वमा शुरू भएको प्रदर्शन दाेश्राे दिन पनि जारी छ । आज पनि देशैभरीबाट आएका शिक्षकहरुले काठमाडौंकाे माइतीघर बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघरदेखि बानेश्वर क्षेत्रमा शिक्षकहरुले आन्दोलन गरेपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यवस्था नगरिएको, अस्थायी शिक्षकलाई तलबबाहेक कुनै सुविधा नदिने व्यवस्था गर्न लागिएको, ट्रेड युनियन खारेजी, सरुवा–बढुवा स्थानीय तहलाई दिनेलगायत विषयप्रति उनीहरूको असन्तुष्टि छ।
शिक्षककाे आन्दोलनप्रति सबै क्षेत्रकाे एक्यवद्धता देखिएकाे छ । सरकार पनि यश विषयमा नकारात्मक देखिएकाे छैन ।