भावनामा आउने कमजोरी हो तर राजीनामा दिनुपर्नेगरी केही गरेको छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भावनामा आएर पुरानो कुरा स्मरण गरेको तर राजीनामा गर्नुपर्नेगरी कुनै पनि कुरा नगरेको स्पष्ट पार्नुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नी छोरी ज्ञानु अस्पतालको बेडमा अन्तिम क्षणमा रहेको समय सम्झिँदा भावनात्मक भएर बोलेको बताउनुभएको हो ।
‘म अलिकति भावनात्मक छु, यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के रु थोरै भावनामा म आएँ । प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ,’ उहाँले भन्नुभयो ।
प्रचण्डले छोरी ज्ञानु क्यान्सर रोगसँग लडिरहेका बेला प्रितम सिंहले देखाएको सदासयताप्रति धन्यवाद दिँदा अलिक बढी भावनात्मक भएको पनि बताउँदै भन्नुभयो मेरो राष्ट्रियताप्रतिको प्रतिवद्धतामाथि शंका गर्ने काम मैले के गरें ? नाकावन्दीका प्रसंगदेखि सबै राष्ट्रिय महत्वका विषय र संकटमा प्रतिपक्ष हुँदा र सत्तापक्ष हुँदा आफूले समन्वयकारी र सकारकात्मक भुमिका खेलेको कुरा नविर्सन आग्रह गर्दछु । प्रचण्डले अगाडि थप्नुभयो, मै त्यो बेलाको ‘सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ । उहाँले भनेर कोही प्रधानमन्त्री हुने वा नहुने भन्ने होइन,’ ।
प्रधानमन्त्री प्रचण्डले प्रितमसँग कसैलाई प्रधानमन्त्री बनाउने समार्थ्य नभएको पनि बताउनुभयो । ‘उनीसँग कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ्य छैन । हिजो(अस्ति प्रितम आफैँले पनि भनेका छन् । उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कृतक्ष बाबुको सम्बन्ध मात्रै हो,’ उहाँले भन्नुभयो
सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संसदमा सम्बोधन LIVE