सरकारले घटायो डिजेल र मट्टीतेलको एक लिटरमै १० रुपैयाँ

मूलखबर संवाददाता
काठमाडौँ, २ जेठ।

सरकारले डिजेल र मट्टीतेलको मूल्य एक लिटरमै १० रुपैयाँले घटाएको छ। सोमबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

यससँगै डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ। यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।