उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता, यस्तो छ निर्वाचन आयाेगकाे निर्देशन
आगामी चैत ३ गते उपराष्ट्रपति पदकाे लागि निर्वाचन हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उमेदवारहरूले आफ्नो मनाेनयन दर्ता गरेका थिए । नेकपा (एमाले) बाट एक जना, जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपराष्ट्रपति पदका लागि एमालेका नेत्री अष्टलक्ष्मी शाक्य, जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव, जसपाका राष्ट्रिय सभा सदस्य प्रमीलाकुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरू छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट हुनुहुन्छ । उहाँको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवती न्यौपाने र यशोदा रिजाल रहनुभएको छ ।
त्यस्तै, यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी हुनुहुन्छ भने भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी हुनुहुन्छ ।
यसैगरी, प्रमीलाको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव हुनुहुन्छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिस सुमन हुनुहुन्छ ।
त्यस्तै, झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव हुनुहुन्छ भने समर्थकमा गोमा लाभ सापकोटा, विनीता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी हुनुहुन्छ ।