गण्डकीमा माओवादीकाे पहिलाे जित, रेशम जुग्जाली विजयी

मूलखबर संवाददाता
पाेखरा, ७ मंसिर

गण्डकी प्रदेशमा माओवादी केन्द्रले पहिलाे जित निकालेकाे छ ।  म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा नेकपा माओवादी केन्द्रका नेता तथा गण्डकी प्रदेश सचिवालय सदस्य  रेशम जुग्जाली निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका यामबहादुर जुग्जालीलाई १ सय १ मत अन्तरले हराएका हुन् । रेशमले ९ हजार ४ सय ५४ मत पाए भने यामबहादुरले ९ हजार ३ सय ५३ मत पाए ।

३७ हजार ६ सय ४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र ९ख० मा २१ हजार ७ मत खसेको थियो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।