गठबन्धनको मुख्य एजेन्डा स्थिरता र सुशासनसहितकाे समृद्धि हाे : देव गुरूङ

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देव प्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् ।  गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र मन्चहरूले शनिबार काठमाडौंमा आयोजना गरेको दिपावली छठ लगायतका चाडपर्वकाे शुभकामना तथा उमेदवार परिचय कार्यक्रममा सम्वाेधन गर्दै महासचिव गुरूङले राजनीतिक स्थिरता, सुशासन,  लमजुङको विकास र समृद्धिकाे लागि गठबन्धनले जित्न आवश्यक रहेकाे बताए । उनले भने हामीले हाम्राे उमेदवारी फगत निर्वाचन जित्नकाे लागि मात्रै नभएर लमजुङको विकास र समृद्धिकाे लागि दिएका हाैं ।  उनले सुशासनसहितकाे विकास र बजार व्यवस्था सहितकाे उत्पादन प्रणालीमार्फत जनताकाे आर्थिक समृद्वि आफुहरूकाे मुख्य एजेण्डा रहेकाे बताए । उनले त्यसकाे लागि कृषिमा यान्त्रिकरण, भएका सडक कालाेपत्रे, नयाँ सडक विस्तार गरि उत्पादन केन्द्र सम्म पुर्याउने र पर्यटन तथा जलविद्युत्का सम्भावनालाई अत्याधिक मात्रामा उपयाेग गर्ने पनि आफ्नाे याेजना रहेकाे बताए । उनले गठबन्धन याे चुनावसम्म मात्रै नभएर सरकार निर्माण , संविधान रक्षा र शान्ति प्रक्रियाकाे पुर्णताकाे लागि पनि आवश्यक रहेकाले ढुक्कसँग मत दिन सबै मतदातालाई आग्रह पनि गरेका छन् ।  कार्यक्रममा नेपाली कांग्रेसका पुर्व  केन्द्रीय सदस्य दिलबहादुर घर्तीले ओली मण्डलीले संविधान मिच्ने र निरंकुशता लाद्ने प्रयास गरेकाले माओवादीसहितकाे गठबन्धन बनेकाले संविधानकाे रक्षा र लमजुङको विकास र समृद्धिकाे लागि गठबन्धनका उमेदवारलाई ढुक्कसँग भाेट दिएर जिताउन कांग्रेस सहित सबै दलका कार्यकर्ता र मतदातालाई आग्रह गरे  । उनलेे देव गुरूङ जस्तो नेतालाई आफुहरूले साझा उमेदवारकाे रूपमा प्रान्त गर्नु लमजुङको लागि गाैरवकाे विषय भएको बताए  ।  त्यसैगरी लमजुङको प्रदेश सभा क का उमेदवार तथा कांग्रेस लमजुङका सभापति डा. टकराज गुरूङले आफुहरूकाे लमजुङको विकास समृद्धि र संविधान रक्षा बाहेक कुनै स्वार्थ नरहेकाे भन्दै गठबन्धनको जितलाई कसैले राेक्न नसक्ने बताए  । उनलेे लमजुङको भाग्य र भविष्यकाे जिम्मेवारी गठबन्धनमा रहेकाले प्रतिगमनकारी एमाले गठबन्धनलाई पराजित गरि लमजुङको विकास र समृद्धिकाे ज्ञारेन्टी गर्न पार्टी कार्यकर्ता र मतदातालाई अाग्रह गरे ।  त्यसैगरी प्रदेश सभा ख का प्रत्यासी भेष बहादुर पाैडेलले लमजुङको विकास र समृद्धि अब टाढा नभएको बताए  । उनले गठबन्धनका उमेदवारहरूकाे साझा उमेदवारीले त्याे संकेत गरिसकेको बताए  । उनले आफ्नो कुनै  व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट  पार्दै आफुसँग लमजुङको विकास पर्यटन, कृषि, उद्योग र जलविद्युत्मामार्फत हजारौंको राेजगारीकाे याेजना रहेको बताए  ।  कार्यक्रममा माओवादी केन्द्रका लमजुङ इन्चार्ज तथा समानुपातिक उमेदवार पारसमणी पाैडेलले गठबन्धनका उमेदवारकाे जितलाई सुनिश्चित गर्न काठमाडौंवासी लमजुङका मतदाताहरूकाे निर्णायक भुमिका हुने बताए  । कार्यक्रममा नेकपा एस का जिल्ला अध्यक्ष रामबाबु अधिकारीले गठबन्धनका दलहरूबीचमा कुनै समस्या नभएको तथा प्रतिद्वन्दी दल एमालेमा गम्भीर विवाद र असहमति देखिएकाले गठबन्धनका उमेदवारहरूकाे जित सुनिश्चित रहेको बताए  । साे अवसरमा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उमेदवार उर्मिला माझी, तारा कुमाल, कांग्रेसकाे प्रदेश सभा उमेदवार टीका बस्याल, पार्वती तामाङले पनि गठबन्धनका उमेदवारलाई जिताउनु प्रमुख जिम्मेवारी रहेकाे बताउँदै आफ्नाे दललाई समानुपातिक तर्फ मतदान गर्न अपिल गरेका थिए ।