१०३ बर्षिय शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

मूलखबर संवाददाता
काठमाडौं

शताब्दी पुरूष सत्यमोहन जोशीको आज ६ः५०मा उपचारकै क्रममा निधन भएको  ग्वार्को स्थित किष्ट मेडिकल कलेजले जनाएको छ। १०३ बर्षिय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७गते अस्पताल भर्ना भएका थिए।अस्पताल श्रोतले बताए अनुशार उनलाई युरिन इन्फेक्सन ,निमोनिया साथै डेङ्गीको समेत संक्रमण देखिएको थियो।

जोशीको परिवारसँग निकट रहेका नरेन्द्रराज प्रसाईले उनका निधन भएको बताए। ‘हाम्रा अति श्रद्धेय शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान ७ बजे र ९ मिनेटमा किस्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा स्वर्गारोहण भयो।’ उनले भनेका छन्।

उनी डेंगु पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। उनको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि उक्त अस्पतालको उपचार भइरहेको थियो।

पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भएको थियो।