रारा यात्राका अविष्मरणीय पाँच दिन

रामहरी अधिकारी
काठमाडौं

नेपालका धेरै जिल्ला पुगिसके पनि धर्तीकी अप्सरा भनेर चिनिने रारा ताल जान पाएको थिइन । झन् २०७५ को नयाँ वर्षमा देशकै प्रधानमन्त्रि यो तालको किनारमा गएर भाषण गरेपछि यसको चर्चा ह्वात्तै वढेको थियो र राराताल हेर्ने मेरो चाहना पनि एकाएक वढेको थियो ।
यसैक्रममा केहि दिनकोलागि अफिसवाट छुट्टी प्राप्त भयो । कुनै यौटा संस्थामा काम गर्ने दाई अफिसको गाडीमा सुर्खेतवाट जुम्ला जाँदै हुनुहँदो रहेछ । म पनि उहाँसंगै वीच वाटोसम्म जाने भएँ ।

 

रामहरी अधिकारी

पहिलो दिन

ज्येष्ठ २६ गते विहान ७ वजे सुर्खेत छोडियो । समुन्द्र सतहवाट ७४२ सय मिटर उचाईमा रहेको भित्रि मधेशको सुर्खेत उपत्यकावाट उकालो लागेको गाडी महाभारत पर्वतमालामा पर्ने करीव २३ सय मिटर अग्लो गुराँसेसम्म पुगेर गाडी फेरी ओर्लिन थाल्छ । सियाकोट पुगेर लोहोरे खोलाको किनारै किनार पश्चिमतिर लागेर ५४४ मिटर उचाइको तल्लो डुगेश्वर पुगियो जहाँ कर्णाली नदी भेटिन्छ । त्यहाँवाट लोहोरेको पुल तरेर कर्णालीको पुर्वी किनारै किनार उत्तर लागियो । एकतमासले पारिपट्टीको आछाम जिल्ला हेर्दे पादुका, रामाघाट, माथिल्लो कर्णाली परियोजनास्थल, टुनिवगर हुँदै १२ वजे राकमकर्णाली वजार पुगेर माछाभात खाइयो । राकमकर्णालीवाट मध्य पहाडी लोकमार्गले कर्णाली नदी पार गर्दछ । यो मध्यपहाडी लोकमार्गमा वन्न लागेका १० वटा नमुनाशहर मध्ये एक हो । त्यहाँवाट केहि अगाडी दहिखोलावाट दैलेख छोडी कालीकोट प्रवेश गरियो । यहाँवाट पुरानो कर्णालीअंचल भित्र प्रवेश गर्दा भिरैभिरको साम्राज्यमा पसेजस्तो लाग्दो रहेछ । त्यहाँवाट केहि अगाडी जितेगडानेर कर्णाली (हुम्ला र मुगु कर्णाली मिलेर आएको ठूलो भाग) र तिला कर्णाली ( जुम्लावाट आएको सानो भाग) को दोभान आउँछ । त्यहाँवाट कर्णालीमा फेरीवाट गाडी तारेर पारिपट्टि जाने वाटो लगिँदो रहेछ । कालकिोटको रास्कोट हुँदै अगाडी वढ्ने त्यो वाटो हुम्लासम्म पुर्याइँदै रहेछ ।
जितेवाट तिलाको वायाँ हँदै अलिक अगाडी वढेपछि तिलाको पुल तरेर उकालो लागियो ।

दिनको साँढे दुई वजेतिर अजंगको पहाडको धारमा वसेको कालीकोटको सदरमुकाम मान्म पुगियो । म काम गर्ने परियोजनाको तर्फवाट त्यस जिल्लाको काम हेर्ने सहकर्मी मित्र प्रकाश पन्त हुनुहन्थ्यो । मैले आजसम्म भेटेकामध्ये असाध्यै मिलनसार, सधैँ मुस्ुकुराएरमात्र वोल्ने र हजारौँमा खोजेर मात्र पाइने असाध्यै क्षमतावान प्रिय मित्रलाई छुटाउनै भएन । प्रकाशजीलाई पनि लिएर जाने भएकोले त्यो गाडी छाडेर उहाँसंगै जुम्ला जाने सार्वजनिक वस चढीयो र तिला कर्णालीको उत्तर पाखैपाखा पुर्वतिर लागियो ।

कालिकोटको कुना कुना घुम्न भ्याईसकेका प्रकाशजीले वाटोका र वाटो पारीका डाँडा काँडा चिनाउँदै जानुभयो । पारीपट्रिट अनकन्टार पहराहरु थिए । लाग्थ्यो, संसाभरका पहराहरु त्यहीँ थु्िरपएका छन् । पहराको वीचवीचमा गुफाहरु थिए भने पहराको माथि फाट्टफुट्ट खेत र गाउँहरु थिए । वारीपट्टि भने भिराला पाखामा खेत र गाउँहरु नै थिए । २०६२ श्रावण २३ गते माओवादी र नेपालीसेनाको वीच भिडन्त भएको स्थान पिलि हँुदै गाडी अगाढी वढ्यो र साँझ ६ वजेतिर कालिकोटको अन्तिम पूर्वि विन्दु नाग्म पुगियो । गाडीवाट हिमा र तिलाको दोभानमा रहेको त्यो वजारमा झरेर तिलाको ठ्रयाककै डिलमा रहेको यौटा सानो, सफा र चिटिक्कको होटलमा झोला विसाइयो ।

दोश्रो दिन

तिलाको गड्गडाहाट सुन्दै आनन्दसंग सुतेपछि भोलिपल्ट विहानै उठेर अघिल्लो रात सुर्खेततिरवाट आएर वास वसेको गाडी चढियो । गाडीका गुरु धेरै मनकारी रहेछन् । आफू नयाँ मान्छे भएकोले वाटो हेर्दे चित्र खिच्दै जाने रहर भएको वताएपछि उनले अगाडीको ठाउँमा वस्न दिए । पछि त राम्रो ठाउँमा चित्र खिच्न क्यामेरा तेस्र्याएपछि चित्र खिचुन्जेल गुरुले गाडीनै रोकि दिन पो थाले ।
सात वजेतिर गाडी पिचवाटो छोडेर हिमा नदीको पुलनेरवाट हिमालाई वायाँ पार्दै कच्चि वाटोमा अगाढी वढ्रयो ९३ किलोमीटर उत्तर पूर्वतिर रहेको मुगुको सदरमुकाम गमगढीतिर ।

एकैछिन पछि कालिकोट टुंगिएर जुम्ला शुरु हुँदो रहेछ । धेरै वर्षदेखि सुन्दै आएको जुम्लाको मनोरम सिंजा उपत्यका त्यहिँवाट अगाडी रहेछ । केहि क्षण पछि हिमाको किनारामा ( शायद दानसाँघुं ) काठको पुल र काठवाटै वनाइएका राजा वीरेन्द्र, ऐश्वर्य लगायतको सालिकहरु रहेछन् । सिंजा उपत्यकामा धान रोप्न शुरु भएको रहेछ । उपत्यकाको माथि डाँडा, डाँडाको टुप्पा माथि उजाड पाखा, पाखा मुन्तिर गाउँ अनि गाउँ मुन्तिर खोलैसम्म खेत थिए । हिमानदी खेतसंगै वग्ने हुँदा सिँजाकोलागि वरदान रहेछ, हिमावाट हरेक खेतमा कुलाहरु गएका थिए ।
झन्डै २५०० मिटर उचाईमा रहेको सिंजा पुगेपछि हिमाली हावापानीको झलक आयो । धरका छतहरु मुन्डा ( सम्म छत भएको घर) थिए भने गाउँभर स्याउका रुखहरु देखिए ।

विहान ९.ं३० वजेतिर सिंजा उपत्यकाको अन्तिम छेउ गोठिज्युला पुगेर खाना खानकोलागि गाडी रोकियो । त्यहाँ रहेका दुई तीनवटा मध्ये यौटा होटेलमा छिरियो ।
यात्रुहरुले खाना खाएपछि गाडीमा खाएपछि गाडी सुस्तरी उकालो वाटो अगाढी वढ्रयो । तल फेदमिा दुइवटा खोला मिसिएको दोभान, दोभानभित्र वाक्लो गाउँ अनि दोभानमा टापु जस्तै देखिने ठाउँमा कनकासुन्दरी माध्यमिक विद्यालय र यसको चौकिल्ला देखियो ।
अव एकदमै डरलाग्दो वाटो शुरु भएको थियो, खस्यो भने मान्छे त के, गाडीको पनि अस्थिपन्जर समेत नभेटिएला जस्तो ।
केहि क्षणपछि जुम्ला सकिएर मुगु जिल्ला शुरु भयो । भिर सकिएर उँचो मैदान र खर्क भएको वुलवुलेको लेक आइपुग्यो । त्यहाँ गाडी रोकियो । त्यहाँ रहेका दुइ मध्ये एक होटेलमा चिया खाइयो ।

त्यहाँवाट अगाडी सैनिक जाँचचौकि थियो, शायद रारा राष्ट्रिय निकुन्ज शुरु भएकोले होला । यस्तो गजवको मैदानमा हवाईअड्डा, रिसोर्ट, खेलमैदान या गल्फकोर्स जे वनाए पनि हुन्थ्यो होला भन्ने लाग्यो ।

त्यहाँवाट अलिवेरमा गाडी ३२०० मीटरको वुलवुलेको लेकमा आईपुग्यो । मान्छ्ेहरु त्यहाँ लेक लागेको र श्वास फेर्न गाह्रो हुन्छ भन्दै थिए, तर मलाई भने त्यस्तो केहि अनुभूती भएन । वरु ज्येष्ठको महिनामा पनि नसोचेको जाडो चाहिँ भयो ।
करीव १ वजेतिर ताल्चा विमानस्थल आईपुग्यो । राराताल जान त्यहिँ झरेर जानु पर्ने भएपनि त्यहाँ आइपुगेको वेला मुगुको सदरमुकाम पनि हेर्ने रहरले तल पहाडका भिरालो काखमा रहेको गमगढी झरियो र २ वजेतिर त्यहाँ पुगियो ।

गाडीवाट झर्ने वेला गरुजीलाई “तपाइले गाडी साह्रै विस्तारै चलाएकाले त्यस्तो भिरमा पनि डर लागेन, फोटा खिच्न पनि मिल्यो । तपाइँलाई धन्यवाद” भनेँ ।
तर उनले जवाफ दिए, “सर म हिजो राती सुत्नै पाइन , हिजो विहान देखि राती १ वजेसम्म गाडी चलाएर आएको, सुत्न लाग्दा लफडा केटाहरु आए । रातभर उनीहरुससंग झगडा पर्याे । २ दिनको अनिदो भएकोले गाडी नकुँदाएको हो ।”

मलाई अव भने सिरींग भयो । मनमनै वाँचिएछ भन्ने लाग्यो । दःखमा पनि प्रसन्न भएर यात्रीको सुख ख्याल गर्ने गुरुजीलाई सलाम गर्न मन लाग्यो ।
त्यतिवेला मुगुमै यौटा परियोजनामा काम गर्ने दामोदर न्यौपाने भाईको पाहुना वनेर वजार घुमियो अनि साहस नेपालको कार्यालयमा चिया खाइयो । त्यहाँवाट उत्तरतिर तल मुगु कर्णाली र माथि छायाँनाथ हिमाल हेर्दै घुम्दा घुम्दै रात पर्न लागेछ ।
वेलुका खाना खाएर दामोदर भाइकै कोठामा दाजुभाईको गनथन सकेर सुत्दा रातको १२ वजिसकेको थियो ।

तेश्रो दिन

भोलिपल्ट विहानै ५ वजे उठेर उकालो लागियो । सडक छोडेर छड्के हान्दै जाँदा पनि हिड्न गाह्रै भयो । प्रकाशजीलाई काछ लागेकोले झन् गाह्रो भयो । ९ वजेतिर रारा निकुन्ज शुरु हुने ठाउँनेर यौटा पसलमा चाउचाउ पकाएर खाइयो । त्यहाँ यति झिंगा रहेछन् कि एक प्लेट चाउचाउ खाँदा पाँच सातवटा त झिंंगै खाइयो होला ।
राराताल आउनेवेला वाक्लो जंगल आउँदो रहेछ । जंगलैजंगल हिँडेर जाँदा करीव ११ वजेतिर धर्तिकी अप्सरा राराको पहिलो झलक पाइयो । करीव १२ वजेतिर रारा तालको मुख्य विन्दुमा पुगियो जहाँ सैनिक कार्यालय र यौटा होटेल अनि डुँगाघाट थियो ।
वरपिरी हरियाडाँडा अनि चौरहरुले घेरीएर २९९० मीटर उचाइमा रहको यो ताल साँच्चै आकाशवाट धर्तिम झरेकी अप्सरा जस्तै सुन्दर थियो । समुन्द्र नदेख्ने नेपालीहरु समून्द्रको प्यास वुझाउन यहाँ आए हुँदो रहेछ । मिनेट मिनेटमा रंग वदल्ने र पानी भित्र भुइँको ढुंगा देखिने १७ वर्ग किमि क्षेत्रफल भएको यस विशाल तालको सुन्दरताको वर्णन गर्न सम्भव नै छैन

त्यति वेला मैले यौटा अंग्रेजी भनाई सम्झेँ ः If there is a heaven, it’s here.

म यहाँ नआएको भए जीवनभर पछुतो हुने थियो जस्तो लाग्यो । साम्सद गोपाल वमज्यूको भनेर चिनाइएको होटेलमा खाना खाएर डुंगा चढ्न र घोडा चढ्रन खोज्दा दिनको वाह्र वजेवाट तेज हावा चल्ने भएकोले डुंगा नचल्ने र घोडा पनि तिनका मालिकहरुले विहानै ल्याएर फर्काउने भएकोले भोलि विहानमात्रै चढ्न मिल्ने थाहा लाग्यो ।
रतालभन्दा केहि माथि यौटा टावर पनि रहेछ । तर विदा छोटो भएकोले एक रात वसेर सवै काम गर्न भ्याउन सकिएन ।
‘ज्या भन्दै पर्किन लाग्दा केहि सैनिक दाज्यूभाईहरुले आफ्रनो डुंगामा तालको छेउछेउ घुमाएर रारा तालमा डुंगा सयर गर्ने रहर पुर्याइदिनु भयो । तर विदा कम भएको कारण रोकिन सक्ने स्थिति थिएन ।

पर्किँदा गमगढी नगई सिधै विमानस्थल झर्ने अर्काे वाटो रहेछ । सोहि वाटो जान तालको किनारैकिनार अगाढी वढ्दा वाटोमा फोहर फाल्ने डोकाहरु राखिएको देखियो । वाटोमा प्रशस्त नेपाली यात्रुहरु भेटियो । वाटोमा कताकति तिनैले फोहरको टुक्राटाक्रि फाटफुट भेटियो । यसले गर्दा तालमा अहिलेसम्म फोहर नदेखेपनि अहिल्यै वुद्धि नपुर्याएमा भविश्यमा यात्रु वढ्दै जाँदा र व्यवसायको चाप वढ्दै जाँदा यो तालको हालत पनि फेवातालको जस्तै हुने होकि भन्ने पिर लाग्यो ।
मलाई यो वाटोमा तालको किनार हिड्दै गर्दा मलाई यहाँको पानीको निकास कता होला भन्ने कौतुहल थियो । तर त्यो निकास कहिँ भेटिएन ।
सवैभन्दा दुःखको कुरा, हाम्रा प्रधानमन्त्रिले भाषण गरेको रंगीविरंगी फूलहरुको चौर जसलाई मिलिचौर भनिँदो रहेछ, त्यता जाने मेसै नपाएर भुसुक्कै छुटेछ । अर्कापटकलाई वाँकि राखेको भनेर आफ्रनै मनलाई ढौटेर आफैँनै चित्त वझाइयो ।

एक घन्टाजति तालको किनारमा हिँडेपछि ताल छोडेर उद्यान जस्तो जंगलको ढुंगा विछैयाएको वाटो हुँदै तेर्साे र अलिअलि ओरालो सुन्दर वाटो हुँदै ताल्चा विमानस्थल मास्तिर पुगियो ।

त्यहाँ पाँच सातवटा ससाना होटेल थिए । त्यहाँ काठैकाठले वनेको यौटा चिटिक्कको होटेलमा झोला विसाइयो । सफा कोठा र सmफा विछ्र्यौना भएको त्यो होटल सस्तो लाग्यो । होटेलको साहुको व्यवहार पनि असाध्यै मन पर्याे ।
थाकेकोले पनि होला, रात वडो आनन्दसंग वित्यो ।

चौथो दिन

विहानै उठेर होटेलवाट लालिगुराँस र चुत्रोको अत्यन्त स्वादिलो ११ वोतल जुस लिएर हिँडियो ।
२७०० मीटर उचाइमा भएको ५७० लामो यानिकी नेपालकै छोटा विमानस्थलहरु मध्ये एक ताल्चा विमानस्थल जसमा तिव्र हावाको कारण १२ वजे पछि जहाज उड्न सक्दैन, लाई पार गरेर खुत्रुक्क झर्दा सडक आयो । संयोगवस गाडी पनि हिजैको भेटियो ।
आजपनि वाटोमा अस्तिै पाराले मज्जाले चित्र खिच्दै आउन पाइयो ।
त्यहाँवाट आएर वुलवुलेको लेक मन्तिरको होटेलमा पलेटी कसेर खाना खाई मान्म आएर प्रकाशजीको कोठामा छिर्दा झमक्क रात परेको थियो ।

पाचौँ दिन

विहानै उठेर मान्म वजार घुम्न गइयो । साँघरो वजारको दुवैतिर भिर पाखा रहेछन् । त्यहाँवाट हेर्दा तल कर्णाली नदी वरपिरि रासकोट लगायत कालीकोटका धेरै ठाउँहरु देखिँदो रहेछ । द्धन्दकालमा जनधनको ठूलो क्ष्ति भएको कोटवाडा विमानस्थल सिधा पारीको डाँडाको थाप्लोमा पर्दाे रहेछ ।
प्रकाशजीलाई मान्ममै छाडेर म भने गगाडीमा तल झरेँ । जितेगडा पल्तिर पहिरो झर्दै थियो । हामी कटिहाल्यौँ । तर पछि थाहा भयो , हामी पछाडीका गाडी पहिरोले छेकिएर भोलिपल्ट विहानसम्म भिरकै मुन्तिर वसेछन् ।
म भने वेलुका सकुशल सुर्खेत आइपगेँ अनि मेरो यात्रा टुंगियो ।

रामहरि अधिकारी
दोर्दी १, लमजुंग
मितिः कार्तिक ६, २०७७