नेपाल केन्द्रिय जडिबुटी सहकारी संघको नवौं बार्षिक साधारण सभा सम्पन्न

मूलखबर संवाददाता
काठमाडौं, ३० असोज

नेपाल केन्द्रिय जडिबुटी सहकारी संघ लि को नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धि सुरक्षा मापदण्डको पुर्ण पालन गर्दै तथा सहकारी ऐन २०७४, ऐन नियमावली २०७५ तथा सहकारी संस्थाको साधारण सभा (कार्यब्यबस्था) २०७६ ले निर्दिष्ट गरेको नीति नियम भित्र रहि कोरोना महामारीका बीच पनि साधारणसभा सम्पन्न गरिएको महासचिव कृष्ण बहादुर बलले जानकारी दिए ।

राष्ट्रिय किसान आयोगको अध्यक्ष माननीय चित्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा साधारण सभामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमूख अतिथि तथा किसान नेता श्रेष्ठले जडिवुटि नेपालको विकासको पूमूख मेरुदण्ड बन्ने सम्भावना रहेको औंल्याउँदै राज्यले पनि सोही अनुसारको नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने बताए । उनले संस्थाले देशैभरी रहेका प्रारम्भीक सहकारीहरुलाई उत्पादनबाट प्रशोधनतर्फ अग्रसर बनाउनुपर्ने बताए ।

साधारणसभामा संस्थाका अध्यक्ष इस्वरी प्रसाद पाण्डे द्वारा बार्षिक प्रतिबेदन नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष मिना तामाङद्वारा बार्षिक आयब्यय तथा आगामी बर्षको अनुमानित आय ब्यय बिबरण प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समिति संयोजक ऋषिराम गर्तौला द्वारा लेखा सम्बन्धि टिप्पणी तथा सुझाव प्रस्तुत गरिएको थियो ।

महासंघमा ५ वटा जिल्ला जडिबुटी संघ तथा १ सय ३० वटा प्रारम्भिक जडिबुटी सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।

महासचिव बलले कोरोना भाइरस ९ कोभिड १९० को कारण फैलिएको महामारीको बाबजुद संघको साधारण सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण प्रतिनिधि ,प्रमुख अतिथि लगायत सम्पुर्णमा बिशेश धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।