प्रधानमन्त्री ओली अस्वस्थ: ग्राण्डी अस्पतालमा उपचार हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बुधबार उनलाई ग्राण्डी अस्पताल र्पुयाइएको छ। अस्पतालका निर्देशक चक्रराज पाण्डेले ओलीको स्वास्थ्य अवस्थाबारे अहिले नै सबै कुरा भन्न नसकिने बताए।
प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन्।