पत्रकार संगिता मरहट्टाले एनआरएनए आइसिसि महिला संयाेजकमा उम्मेदवारी दिने, यस्ता छन् उनका प्रतिवद्दता

मूलखबर संवाददाता
काठमाडौं, २७ असाेज

गैरआवसिय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद (एनआरएनए)आईसीसी महिला संयोजकमा चार जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
यस लगतै देश बिदेशमा आफ्नो  आफ्नो ढंगले चुनाबी प्रचार प्रचारलाई तिब्र बनाई रहेका छन । सबैको आफ्नो  आफ्नो अनुभव र प्रतिबद्धता हरु जाहेर गरेका छन यधपी यहाँ कस्को अजेण्डा आम श्रमजीवी महिलाबर्गको हितमा छ र कस्ले आउने भबिस्यमा एनआरएनएमा पकड राखेर देश बिकास र समृद्धिको एक हिस्सा बन्न सक्छ र अधिकतम महिलाहरुको सहभागिता कस्ले जुटाउन सक्छ भन्ने प्रमुख हो ।
क्यानाडा , कोरिया र युके बाट घोषणा गरिएका महिला संयोजकहरुको उम्मेदवारी र ब्याक्तित्व हेर्दा वास्तविक बलियो महिला उम्मेदवार दावेदार को हो त ? एनआरएनए आईसिसिमा महिला संयोजकका रुपमा बलियो उमेद्वारका रुपमा रहेकी छिन् चर्चित संचारकर्मी समेत रहेकी बेलायत निवासी संगीता मरहट्टा ।

बिश्वभरीका नेपाली महिलाहरुलाई एकताको सुत्रमा जोडि एनआरएनएको प्लेट्फर्म मार्फत महिलाहरुको हक हितको खातिर महिला सशक्तीकरण अभियान चलाई वास्तविक लैङ्गगिक समानताको उदाहरण देखाउन सक्ने एनआरएनएको इतिहासमा जुझारु युवा महिला नेतृत्वको नाम हो संगीता मरहट्टा ।

संघको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा सन् २०११ मा युके कार्यकारी सदस्य हुदै महिला संयोजक हुदा उनले पहिलो पटक युकेमा नारी दिवस मनाउने प्रथाको बिकास गरिन फल स्वरुप गैर आवासीय नेपाली संघ युकेले सोही कार्यकालमा महिला दिवस कार्यक्रम मार्फत जुम्लाको मितेरी बर्थिङ सेन्टर स्थापना गर्न आर्थिक सहयोग गर्न सफल भएको थियो। सन् २०१३ देखि २०१५ कार्यकालमा एनआरएनए युकेको सचिवजस्तो महत्वपुर्ण भुमिकामा निर्वाचित उनले सो कार्यकालमा पनि नारी दिवस कार्यक्रम, काउन्सिल बैठक, च्यारिटि डिनर लगायतका कार्यक्रमको संयोजन गरी त्यसलाई सफल रुपमा सम्पन्न गरेकी थिइन्। एनआरएनए युकेको इतिहासमा पहिलोपटक ”एनआरएन पत्र” नामक न्युजलेटरको शुरुवात पनि उनकै संयोजनमा भएको थियो ।

उनले एनआरएनए युकेको कार्यक्रम तथा योजना तय गर्ने र त्यसमा सक्रिय भुमिका निर्वाह गर्नेमा सचिवका रुपमा उनको कार्यकाल सफल रहेको थियो ।

सन् २०१५ देखि २०१७ को कार्यकालमा आइसिसि सदस्य रहेकी मरहट्टा एनआरएनए आइसिसिको मिडिया उपसंयोजकका रुपमा चुनिएकी थिईन्। सो कार्यकालमा एनआरएनए सम्बन्धि समाचारहरु लेखन तथा सम्पादन लगायत मिडियाकर्मीहरुसंग सम्बन्ध बिस्तारमा उनको भुमिका रह्यो। आफ्नो कार्यकालमा भएका प्राय अधिकांश क्षेत्रीय सम्मेलन र विश्व सम्मेलन सन्चालन तथा समापनमा मरहट्टाको सहभागीता रहंदै आएको छ ।
हाल २०१७ देखि २०१९ मा मरहट्टा युरोप क्षेत्रीय उपसंयोजक छन्। लक्जेम्बर्ग तथा इटालीमा क्षेत्रीय महिला भेलाहरु सम्पन्न गर्नुका साथै उनले आफ्नो कार्यकालमा बेल्जियम, फ्रान्स, अष्ट्रिया लगायतका युरोपेली देशहरुमा पुगी महिला फोरमको सशक्तिकरण, युरोपमा महिलाहरुले भोग्नु परेका भाषा लगायतका समस्याहरुमा जोड दिंदै त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने माग गर्दै आएकी छन् ।

युरोप क्षेत्रीय महिला उपसंयोजकको भुमिका कुशलताका साथ निर्बाह गरेकी संगीता मरहट्टा एक प्रगतिशील लेखिका र मिडियाकर्मी पनि हुन । उनले महिला हिंसा र लैङ्गगिक असमानता बिरुद्ध जुझारु कलम चलाएकी छिन साथै उनले एनआरएनएको मुल्य र मान्यताको सधै वकालत गर्दै आएकी छिन । बिबिसी नेपाली सेवा, लन्डनमा लामो समय काम गरिसकेकी मरहट्टा उच्च शिक्षाका सिलसिलामा १९ बर्षअघि बेलायत आएकी हुन् । पेशाले पत्रकार उनले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो, ूरेडियो सगरमाथाबाटू रेडियो पत्रकारिताको शुरुवात गरेकी हुन्। यसअघि उनी छापा पत्रकारितामा संलग्न थिईन् । उनले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी हुन । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक पनि गरेकी छिन ।

लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित मरहट्टाले आफ्नो लेखनलाई पनि निरन्तरता दिदै आईरहेकी छिन ।
मरहट्टाले महिला ससक्तीकरण गर्दै सकारात्मक सोच र दृढ संङ्कल्पले देश बिकास र समृद्धिमा अहम भुमिका निर्बाह गर्न तत्पर एक जुझारु महिला हुन् । सम्पूर्ण महिलहरुको प्रेणाको श्रोत बनेर एनआरएनए महिलाहरुको ब्यापक सहभागिता जनाउदै देश बिकासमा बलियो हिस्सा बनाउनु पर्छ उनि भन्छिन । लामो समयदेखि युकेलाई आफ्नो व्यावसायिक र समाजसेवाको भुमी बनाउँदै आएकि मरहट्टा एनआरएनए अभियानमा एक सशक्त एनआरएनए महिला अभियान्ताको उदाहरणिय नाम हो । महिलाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने संगीता मरहट्टाले विश्वभरका नेपाली महिलाहरुको सीपलाई नेपालमा ल्याउने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफ्नो चुनावी घोषणा पत्रमा रहेको बताइन ।

विभिन्न देशमा छरिएर रहेका नेपाली महिलाहरुको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्ने प्रयास गर्नेछु’, उनी भन्छिन, ’अबको युग समानताको युग हो भन्ने मान्यतालाई स्थापित गर्न लाग्नेछु, जसको लागि मसँग खास योजनाहरु छन्। त्यसले महिला कोअर्डिनेटर पद रोजेको हुँ।’

नेपाली मौलिक उत्पादनलाई विश्वभर व्यापक प्रचार प्रसार गर्न र उपभोगमा ल्याउन विश्वका हरेक कुनाबाट साथ सहयोग जुटाउनुका साथै विभिन्न मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगसँगको सहकार्यलाई विश्वसनीय बनाउन भूमिका खेल्नेलगायतका प्रतिबद्धता गर्दै बिश्वभरीका महिलाहरुलाई उत्प्रेरित गराई उनीहरुभित्र रहेको रचनात्मक सोच समाज विकासमा लगाउन सकिन्छ भन्ने कुरामा उनि विस्वस्त छिन्।
एनआरएनए चुनावमा महिला संयोजक पदका लागि चर्चामा अरू पनि छन् तर, युकेबाट महरट्टाले गरेको उम्मेवदारी घोषणालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

सन्चारकर्मी, व्यवसायी तथा विगत एक दशक लामो एनआरएनए संगको संलग्नताको अनुभवका आधारमा महिला संयोजकको भुमिकालाई कुशलताका साथ निर्वाह गर्न सक्ने एक मात्रै विश्वस्त महिला संयोजक उम्मेदवार हुन संगीता मरहट्टा । निकै लोकप्रिय व्यक्तित्व भएकी मरहट्टाको एनआरएनए महिला संयोजकमा जित सुनिश्चित देखिएको छ । महरट्टा भन्छिन महिला संयोजकको जिम्मेवारी आफुले पाएमा महिलाहरुसंग रहेको सीप र क्षमतालाई अझै बढी उजागर गर्ने र उनीहरुलाई उद्यमशील बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने कुरामा सहयोग गर्ने लक्ष्य राखेकी छु ू। मरहट्टाको उमेद्वारीलाई महिला संयोजकका रुपमा मात्रै होइन आगामी दिनमा एनआरएनएमा नेतृत्वका रुपमा विकास हुनसक्ने सशक्त व्यक्तित्वका रुपमा पनि हेर्ने गरिएको छ ।

संगीता महरट्टा भन्छिन एनआरएनए आइसिसिमा महिला संम्योजकमा मेरो उम्मेदवारी किन रु

भिजिट नेपाल २०२० लाई भब्यताका साथ सफल गर्न ।
घरेलुकामदार महिला दिदि बहिनीको समस्या समाधान गर्न ।
घरेलु हिंसा , लागु पदार्थ सेवन र दुर्बसनीलाई निर्मुल पार्न ।
पदिय काम, कर्तव्य र अधिकारको स्पष्ट खाका कोर्न ।
देस बिकास र समृद्धिमा महिला सिपको सदुपयोग गर्न ।
स्वदेशमै रोजगारीका लागि प्रोत्साहन गर्न ।
विदेश जानै परे जनचेतनामुलक कार्यक्रमको सुरुवात गर्न ।
महिला उद्यमशीलता र स्वरोजगारीताको प्रवर्द्धन गर्न ।
दोश्रो पुस्ताका एनआरएनएहरुलाई नेपाल भ्रमण गराउन।
भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्न ।

एनआरएनए आइसीसीको युरोप क्षेत्रको महिला संयोजक रहेकी मरहट्टा लण्डन निवासी हुन। गोरखा जिल्लाकी बहादुर गोर्खाली छोरी बताउने महरट्टा लण्डनमा आफ्नै व्यवसाय समेत गर्छिन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बिबिसी नेपाली सेवाका पुर्व पत्रकार मरहट्टाले आफ्ना भावी योजना सहित औपचारिक रुपमा बलियो उम्मेदवारीको घोषणा गरेकी छिन । उनि लाखौंमा एक महिला नेतृत्व हुन जस्मा वास्तविक मानेमा एनआरएनएको नेतृत्वदायी भुमिका निर्बाह गर्न सक्ने क्षमता छ । स्पष्ट बक्ता अनि सटिक बिचार र धारणाले परिचीत उनि हामी नेपालीहरुकै लागी एक उदाहरणिय हस्ती हुन । एनआरएनए आईसिसिमा उनको भुमिका अतुलनीय छ यसकारण पनि महिला संयोजकको उम्मेदवारको हकदार हुन उनि । उहाँको घोषणापत्र र प्रतिबद्धताको एक झलक जस्ताको तेस्तै ।

संक्षिप्त घोषणापत्र
विश्वभर छरिएर रहनुभएका प्यारा आदरणीय दाजु भाइ दिदी बहिनी , अग्रज तथा मिडियाकर्मी साथीहरु,
आफ्नो अनुभव, सीप र आत्मविश्वासका साथ आगामी अक्टोबरमा काठमाण्डौमा हुने नवौं विश्व सम्मेलनमा अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजकका रुपमा मैले उम्मेदवारी घोषणा गर्न लागेकी छु ।
गैरआवासीय नेपाली संघले बोकेको १६ बर्ष लामो गौरवान्वित ईतिहास कुनैं एकजना व्यक्तिको निजी लगानी वा त्यागको प्रतिफल होईन । तपाईंहरु सबैको स्रोत, साधन र समयबाट यसले हालको उचाई प्राप्त गरेको हो । त्यसैले पदमा रहेका अरु कुनैं व्यक्ति, म वा तपाईं समान छौं । सिनियरहरुको योगदानको कदर, हरेक गैरआवासीय नेपालीले गरेको योगदान अनि त्याग र तपस्याको म शिर ठाडो पारेर सलाम गर्न चाहन्छु ।
नेपालीका लागि नेपाली भन्ने पवित्र र गर्विलो नारा बोकेर अभिछिन्न रुपमा देश तथा डायस्पोरमा रहेका नेपालीहरुका लागि केही गर्ने हेतु राखेको यस संस्थामा झन्डै एक दशक समय बिताउंदा मैले महिला संयोजक तथा सचिव, आइसिसि सदस्य, मिडिया उपसंयोजक र हाल महिला उपसंयोजक भएर भिन्न भिन्न क्षेत्रमा आफुलाई समर्पित र प्रमाणित गर्दै आएकी छु भन्ने लागेको छ । यो मैले भन्दा पनि तपाईंहरुले मुल्यांकन गर्ने कुरा हो ।
सन् २०११ मा एनआरएनए युकेको महिला संयोजक हुंदा महिला फोरमको आइडिया बिल्कुल नयां थियो। पहिलोपटक २० सदस्यीय महिला फोरम गठन गरेर सो कार्यकालमा बेलायत एनआरएनएको इतिहासमैं हामीले महिला दिवस कार्यक्रम सम्पन्न गरेर ५ हजार पाउन्डभन्दा बढी रकम उठाएका थियौं। आज ती क्षणहरु मिठो र गौरवान्वित ईतिहास बनेका छन्। एनआरएनए युकेको महिला फोरम आज उचाइमा पुग्दै गर्दा ती अविस्मरणीय क्षणहरु अवश्य मेरा लागि सम्झन योग्य बनेका छन् । त्यसपछि कार्यसमितिको सचिवका रुपमा मैले सक्रिय भुमिका निर्वाह गरें र अर्को कार्यकालमा आइसिसि सदस्य तथा मिडिया सहसंयोजकका रुपमा कार्य गरें । हाल म महिला क्षेत्रीय उपसंयोजक रहेकी छु ।
एनआरएनएमा समय, साधन, स्रोत धेरै खर्चिनु पर्दछ भन्ने कुरा तपाईं हामी कसैसंग पनि छिपेको छैन। मैले एक दशकको आफ्नो कार्यकालमा एनआरएनएको सम्मेलनकै लागि नेपाल समेत हल्याड, जर्मनी, इटली, लक्जेम्बर्ग, अष्ट्रेलिया, स्पेन, जापान, अष्ट्रिया, बेल्जियम, फा्रन्स लगायतका मुलुकहरुको भ्रमण गरी कतिपय अवस्थामा एक्लै पनि युकेको तर्फबाट महिलाहरुको प्रतिनिधित्व गरेकी छु । कार्यक्रमलाई चुस्त दुरुस्त बनाउन सघाउने र कार्यक्रमहरु प्रभावकारी सन्चालन गरी आफ्नो जिम्मेवारी पुरा गरेकी छु। यी देशहरुमा भएका क्षेत्रीय सम्मेलनहरु तथा नेपालमा भएका विश्व सम्मेलनहरुको प्रभावकारी ढंगले सन्चालन गरेको अनुभव पनि मसंग छ ।
सन् २००५ देखि गैरआवासीय नेपाली संघमा अन्तराष्ट्रिय महिला संयोजक राख्ने प्रचलन शुरु भएको हो। त्यस मितिदेखि लिएर आजसम्ममा महिला फोरमले व्यापक रुपमा कोल्टे फेरेको छ र हाल ६५ देशमा महिला फोरम सन्चालन भैरहेका छन् । अझै कयौं देशहरुमा महिला फोरमहरुको गठन गर्न बांकी नैं छ भने अब महिला फोरमलाई नयां दिशा दिनु आजको टड्कारो आवश्यकता पनि बनेको छ । एक किसिमको शुरुवाती क्षणबाट हामीले पार पाईसकेको छौं । नयां निती र कार्ययोजनाको शुरुवात चुनौंतीको रुपमा देखा परिसकेको छ ।
महिला उपसंयोजक भैसकेपछि यस अभियानमा निरन्तरता दिन अब आइसिसि महिला संयोजकको भुमिकामा खरो उत्रिन म आत्मादेखि नैं तयार छु। विश्वभरका एनआरएनए अभियन्ता, अग्रज, मेरा समकक्षी सबैजना संग सकेसम्म मैले सरसल्लाह गरेर आफ्नो योजना अघि बढाउने निधो गरेकी हुं ।
धेरै लामो र संभव हुन नसक्ने योजनाहरु कागजमा मात्र सुन्दर लाग्छन् । त्यसैले संस्थाको विधि, विधान र सिमाभित्र रहेर अग्रजहरुले अघि सार्नुभएका राम्रा कामहरुलाई निरन्तरता दिंदै मैले निम्न अनुसारका योजना बनाएकी छु। यी कार्यहरु ६ वटा क्षेत्रबाट छानिने क्षेत्रीय महिला संयोजकहरुसंगको विस्तृत छलफल र सहकार्यबाट पुरा हुनेछन् । मेरा आफ्ना प्रतिबद्धता तथा घोषणा पत्र यसप्रकार छन ।
१ महिला फोरमहरुको बिस्तार विश्वभरका एनसिसिहरुमा सकारात्मक हिसाबले भैरहेको अवस्थामा पनि अन्तर्राष्ट्रिय महिला संयोजक तथा क्षेत्रीय महिला संयोजकहरुको काम, कर्तव्य र अधिकारको स्पष्ट खाकालाई अझै चुस्त र दुरुस्त बनाउनुपर्ने आवश्यकता मैले देखेकी छु । महिला फोरम गठनका क्रममा पनि कतिपय अवस्थामा द्धिविधा देखिएको छ । मेरो पहिलो प्राथमिकता आइसिसि महिला संयोजक, क्षेत्रीय महिला संयोजकहरुको काम, कर्तव्य र अधिकारलाई स्पष्ट पार्ने कुरामा रहनेछ ।
२ समुद्रमा हजार किसिमका माछाहरु भएजस्तै संसारभर रहेका महिलाहरुको आर्थिक, सामाजिक परिस्थिति एकै किसिमको छैन । अमेरिका, युरोपमा रहेका महिलाहरु र खाडी क्षेत्र तथा अन्य मुलुकमा रहेका महिलाहरुका अनेकन् साझा सवालहरु हुंदाहुंदै पनि खाडी, मलेशिया तथा युरोपकै कैयन देशमा कामका लागि आएका महिलाहरुको अवस्था फरक छ । वैदेशिक रोजगारीमा देश बाहिर जान चाहने महिलाहरुलाई सकेसम्म त हामी देशमैं आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछौं । तर जानैं पर्नै खण्डमा सो देशका बारेमा पुर्ण जानकारी लिएर मात्र जान र सीप सिकेर जान अत्यन्त जरुरी छ । मेरो कार्यकालमा एनआरएनए महिला फोरमले स्वदेशमा रोजगारीका लागि प्रोत्साहन र विदेश जानेहरुका लागि चेतनामुलक कार्यक्रमको शुरुवात गर्नेछ ।
३ महिलाहरु आर्थिक हिसाबले स्वाबलम्बी नभई खासै कुनैं परिवर्तन हुन असंभव छ । युरोप, अमेरिका तथा सम्पन्न देशहरुमा त ससाना र कम लगानीका व्यवसायहरु घरमै बसेर गरेर पनि महिलाहरु आर्थिक रुपमा स्वाबलम्बी हुने अपार संभावनाहरु छन् । हरेकको हातमा एक बिशेष सीप हुन्छ र युनिभर्सिटिको डिग्री मात्र कुनैं ठुलो कुरा होइन । मैले आफै व्यवसायी भएको नाताले विभिन्न देशमा कसरी महिलाहरु उद्यम, व्यवसायमा संलग्न हुने र आर्थिक रुपमा स्वाबलम्बी हुने भन्ने बिषयलाई सशक्त रुपमा अघि बढाउनेछु । डायस्पोरामा रहेका सफल महिला व्यवसायी तथा अन्य विभिन्न पेशामा संलग्न महिलाहरुलाई एकै ठाउंमा ल्याउने र उहांहरुका अनुभवहरु साटासाट गर्न महिला फोरमले सक्दो पहल गर्नेछ ।
४  एनआरएनए भित्र महिला फोरमको आवश्यकताको टड्कारो महशुस हुनुको कारण संस्थामा महिलाहरुको संख्या नगन्य मात्रामा रहनु थियो । डेढ दशकको समयमा एनआरएनएमा महिला सहभागीताले कांचुली फेरेको सत्य तपाईंहरुका सामु प्रष्ट नैं छ । कैयन् राष्ट्रिय समितिहरुमा अध्यक्ष, महासचिव, उपाध्यक्ष्यजस्तो उच्च पदमा महिलाहरु निर्वाचित भैसकेका छन् । महिला फोरममा काम गरेर सीप, ज्ञान बटुलिसकेका महिलाहरुलाई महिला फोरममै सिमित भैरहन जरुरी छैन । उहांहरुलाई एनआरएनएका मुख्य धारका पदहरुमा संलग्न हुन र अन्य महिलाहरुलाई प्रोत्साहन दिन मेरो नेतृत्वको महिला फोरमले सक्दो कार्यक्रम तथा छलफलहरु अघि बढाउनेछ ।

५ महिला, युवा तथा दोश्रो पुस्ताका गैरआवासीय नेपालीको वृत्ति विकास र सहभागिता बढाउने

विशेषगरी महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गर्ने विषयमा मेरो विशेष जोड रहनेछ । मलेशिया र मध्यपूर्वका विभिन्न मुलुक मात्रै नभई विश्वका अन्य कयौं मुलुकमा पनि महिलाहरु विविध समस्यामा पर्ने गरेका छन् । त्यसमाथि पनि मध्यपूर्व र मलेशिया यस्तो क्षेत्र हो जहाँ हजारौँ महिला दिदीबहिनीहरुले घरेलु कामदारको रुपमा रहँदा हिंसाबाट प्रताडित हुनुपर्ने स्थिती रहेको छ । कतै बेचविखनमा परेका घटना समेत रहेका छन् । तसर्थ त्यस्तो अवस्था आउन नदिन सचेतना अभियान सञ्चालन गर्न पहल गर्नेछु र त्यस्तो घटना र समस्यामा परेकालाई तत्काल उद्दार, राहत तथा सहयोग गर्नेछु ।

युवा वर्षेनी ४ लाखको हाराहारीमा नेपाली युवा विश्व श्रम बजारमा प्रवेश गर्ने गरेका छन् । त्यसका लागि युवा स्वरोजगार केन्द्रिकृत कार्यक्रमहरु सञ्चालन गर्नेछु । साथै स्वरोजगारी सिर्जना गर्न सकिने सम्भावनाका क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी प्रवर्दन गर्नेछु । युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने लगायतका योजनालाई पूर्णता दिई कार्यन्वयन गर्ने प्रतिबद्धता जाहेर गर्दछु । यसका साथै कुलतमा फसेका वा फस्न सक्ने अवस्थालाई निराकरण गर्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

दोश्रो पुस्ताका गैरआवासीय नेपालीमा नेपाल र नेपालीलाई चिनाउने अभियान सञ्चालन गर्नेछु । त्यसका लागि विभिन्न कला, संस्कृति र मौलिकता समेटिएका अभियान कार्यक्रम गर्ने र दोश्रो पुस्ताको सहभागिता वृद्धिका लागि वर्षमा एक पटक मात्रै भएपनि एनआरएनए भएका आफ्ना छोराछोरीलाई नेपाल लैजाऊ भन्ने अभियानको थालनी गर्नेछु ।

६ युवापुस्ताका महिलाहरुमा खेलकुदको विकास गर्न स्

हालै नेपालमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडीहरुले विभिन्न इभेन्टमा १४ वटा मेडल मध्य महिलाहरुको सहभागिता कम थियो यधपी महिलाहरु पनि खेल प्रेमी छन र धेरै मेडल जिति रास्ट्रको नाम रोशन गरेका छन यस परिप्रेक्ष्यमा हाम्रा महिला खेलाडीहरुमा खेलकुद, अनुशासन र विकासको अवधारणालाई अगाडि बढाउँदै उनीहरुमा अर्न्तनिहित क्षमतालाई प्रस्फुटन गर्नका लागि विभिन्न योजना कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यसै योजना स्वरुप देशैभरी एनआरएनए स्पोर्ट्स एकेडेमी अवधारणाको बिकास गरि संबंधित निकाय र नेपाल सरकारको खेलकुद मन्त्रालय सग तत्काल समन्वय गरि यथासिग्रह कार्ययोजना तर्जुमा गरि पुरा गर्ने प्रतिबद्धता जाहेर गर्न चहान्छु र सम्पूर्ण आवस्यक काम पुरा गर्न पहल गर्नेछु । विश्वभर छरिएर रहेका नेपालीको संख्या ८० लाखको हाराहारीमा रहेको छ । त्यसमा पनि उत्पादनशिल र युवा महिला जमात पनि उत्तिकै मात्रामा बढ्दो छ । तसर्थ तीमध्ये पनि खेलप्रमि युवा महिलाहरुको संगठन विस्तारका लागि कार्ययोजना बनाई महिलालाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याटफर्म प्रदान गर्नका लागि पहलकदमी लिनेछु । त्यसका लागि नेपाल सरकार , सरोकारवालासँग र एनआरएनए युवा संयोजकहरु सग समन्वय गर्नेछु ।

७ हरेक राष्ट्रिय समन्वय परिषदमा महिलाहरुको सशक्त सहभागीताका लागि आवाज उठाउने र नेतृत्व तहमा समेत महिलाहरुको सहभागीताका लागि विश्वव्यापी रुपमा नैं आवाज उठाउने काम महिला फोरमले गर्नेछ ।
८  नेपालमा मात्र होईन, युरोप, अष्ट्रेलियाजस्ता अति विकसित देशहरुमा समेत महिलाहरु घरेलु हिंसाको शिकार भैरहेका छन् । आत्महत्या, डिप्रेशनजस्ता घटनाहरु बढेका छन् । यी कुराहरुलाई कम गर्न सम्बन्धित देशमा महिलाहरु त्यहांको समाजसंग घुलमील हुनु, भाषा सिक्नु अति जरुरी छ । हाल कयौं विकसित मुलुकहरुमा निशुल्क सिप तालीम, भाषा कक्षा र निशुल्क कानुनी परामर्श दिने गरिन्छ । तर कयौं हाम्रा दिदी बहिनीहरु थाहा नभएर वा डरले त्यहांसम्म पुग्न हिच्किचाउनुहुन्छ । प्रत्येक देशका महिला फोरमहरुले दिदी बहिनीहरुलाई त्यहांसम्म पहुंच पुऱ्याउन पुलको काम गर्नेछन् । हरेक एनसिसिका महिला फोरमहरुमा घरेलु हिंसाको लागि कमिटि बनाउन महिला फोरमले जोडदार माग गर्नेछ ।
९  गैर आवासीय नेपाली संघका मुख्य उद्देश्यहरु र नेपाल तथा डायस्पोराका सन्चारकर्मीहरुबीच सौहार्दपुर्ण सम्बन्ध नभएसम्म हामीले हाम्रा योजनाहरु अघि बढाउन सहज छैन । म आफैं लामो समय पत्रकारितामा संलग्न भएको नाताले पत्रकार साथीहरु र अझ महिला पत्रकार साथीहरु, अभियन्ताहरु, महिला सरोकारका सवालमा कार्य गर्नै सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गरेर महिला फोरमले आफ्ना अभियानको प्रचार प्रसार र विदेश तथा नेपालमा रहेका महिलाहरुको लागि बिशेष कार्यक्रमहरु ल्याउन पहल गर्नेछ ।
१० डायस्पोरामा रहेका कैयन नेपाली डाक्टर, इन्जिनियर, वकिल, नर्श , व्यवसायी, पत्रकार मध्ये महिलाहरुको संख्या पनि कम छैन । गैर आवासीय नेपाली संघले नेपालमा विज्ञ सम्मेलन गरेर विश्वभरका विज्ञहरुलाई आफ्नो सीप र अनुभव बाड्न आव्हान गर्ने परम्पराको शुरुवात गरिसकेको छ । महिला फोरमले विश्वभर छरिएर रहेका महिला विज्ञहरुलाई पनि आफ्ना सीप र अनुभव साटासाट गर्न अनुरोध गर्दै त्यसको लागि पहल गर्नेछ ।
११  अन्तर्राष्ट्रिय महिला फोरमले हाल नेपालका दुर्गम क्षेत्र लगायत विभिन्न ठाउंहरुमा नियमित रुपमा सन्चालन गर्दै आईरहेको महिलाहरुको पाठेघर खस्ने समस्या लगायतका महिला स्वास्थ्य क्षेत्रमा भैरहेका कार्यहरुलाई महिला फोरमले अझ प्रभावकारी रुपमा अघि बढाउनेछ । त्यसैगरी नेपाल सरकारसंग वैदेशिक रोजगारीमा जान लागेका वा फर्किएका महिलाहरुसंगको अवस्थाबारे घनिभुत छलफल र सीपमुलक तालिमजस्ता अग्रजहरुले शुरुवात गरेका कार्यहरुलाई महिला फोरमले भावी दिनहरुमा निरन्तरता दिनेछ । त्यसैगरी महिलाहरुसंग प्रत्यक्ष्य सरोकार भएका श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्दन बोर्ड, महिला तथा बालबालिका मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसंग विगतमा पनि महिला फोरमले सहकार्य गर्दै आईरहेकोमा त्यसलाई अझ राम्रो ढंगले अघि बढाउंदै सहकार्य गर्ने र महिलाहरुका सवालहरुमा आवाज उठाउने कार्य एनआरएनए महिला फोरमले गर्नेछ ।

अन्त्यमा, म आफ्नो कार्यकाललाई सम्पुर्ण नेपाली समुदायको हीत र प्रतिष्ठाको लागि समर्पित हुने प्रतिवद्धता व्यक्त गर्दछु । यहाँहरुबाट यसपटक मलाई अपार माया, साथ र सहयोग पाउने भरोसाका साथ मतदान गरी मलाई बिजय गराउनु हुन्छ भन्ने पुर्ण बिश्वास लिएको छु । हजुरहरुको साथ समर्थन र बहुमुल्य मतदानको म कदर गर्ने प्रतिबद्धता दोहोर्याउन चहान्छु। साथै यहाँहरुको साथ समर्थन र सहयोग प्रति हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्दछु । धन्यवाद ।

तपाईंहरुको सहयोग र साथको आशा सहित १

संगीता मरहट्टा
महिला संयोजक उम्मेदवार
एनआरएनए आइसिसि