बंगलादेशमा हिंसाबीच निर्वाचन सम्पन्न, १५ काे मृत्यु

114 Hits

एजेन्सी, १६ पुस –

नेपालकाे मित्रराष्ट्र बंगलादेशको संसदिय निर्वाचन सम्पन्न भएकाे छ । सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाे बताएपनि हिंसाबीच मतदान सम्पन्न भएको स्वतन्त्र पर्यवेक्षकहरूले बताएका छन् ।

हिंसात्मक भीडन्त र मतदानमा धाँधलीको आरोपबीच आइतबार मतदान सम्पन्न भएको हो । निर्वाचनका क्रममा भएका झडपहरुमा कम्तिमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ ।

बंगलादेशको निर्वाचन आयोगले देशका केही क्षेत्रमा निर्वाचनका क्रममा धाँधली भएको सुनेको भन्दै त्यस विषयमा छानविन हुने जनाएको छ ।

यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना तेस्रो पटक प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । उनको मुख्य राजनीतिक प्रतिद्वन्द्वी खालिदा जिया भने भ्रष्टाचारको आरोपमा जेल जीवन बिताइरहेकी छन् ।

निर्वाचनमा सुरक्षाका लागि करिब ६ लाख सुरक्षाकर्मी परिचालन गरिएपनि देशका विभिन्न स्थानमा भएका हिंसामा १५ जना मारिएका हुन् ।

विपक्षीले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको बताइएको छ । तर विपक्षीले भने सरकारले विपक्षीलाई दबाउन खोजेको आरोप लगाएका छन् ।

विगत केहीदिनदेखि हिंसात्मक घटना बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको थियो ।

सुरक्षाकर्मीलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाउँगाउँसम्म खटाइएको छ । निर्वाचनको सिलसिलामा मतदान गर्ने अघिल्लो दिनसम्म १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी