यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सुनकोशी मरीण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु. मूलखबर संवाददाता काठमाडौं, २६ बैसाख सुनकोशी मरीण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ । तराई मधेशमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने र बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको सुनकोशी(मरिण डाइभर्सन आयोजनाको सुरुङको ब्रेक थ्रु आज गर्न लागिएको आयोजनाले जनाएको छ ।. यस अघि नागढुंगा सुरङको ब्रेक थ्रु प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा गरिए झैं यो सुरुङको बेक थ्रु पनि प्रधानमन्त्री प्रचण्डकै उपस्थितिमा गर्न लागिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझै सिन्धुली पुगिसक्नुभएको छ । उहाँले आज बिहान आयोजना अवलोकन गरी बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।. आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका(२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको थियो । उक्त सुरुङ सुनकोशी गाउँपालिका(७ को सुनकोशी र तामाकोशी दोभानबाट करिब ९ सय मिटर तल पर्ने कानढुंग्री भन्ने स्थानसम्म छेडिने छ ।. सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम मेसिन) आज सुनकोसी नदी किनारको कानढुंग्रीबाट निस्किने छ ।.
सुनकोशी मरीण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु
मूलखबर संवाददाता
काठमाडौं, २६ बैसाख
सुनकोशी मरीण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ । तराई मधेशमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने र बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको सुनकोशी(मरिण डाइभर्सन आयोजनाको सुरुङको ब्रेक थ्रु आज गर्न लागिएको आयोजनाले जनाएको छ ।
यस अघि नागढुंगा सुरङको ब्रेक थ्रु प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा गरिए झैं यो सुरुङको बेक थ्रु पनि प्रधानमन्त्री प्रचण्डकै उपस्थितिमा गर्न लागिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझै सिन्धुली पुगिसक्नुभएको छ । उहाँले आज बिहान आयोजना अवलोकन गरी बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका(२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको थियो । उक्त सुरुङ सुनकोशी गाउँपालिका(७ को सुनकोशी र तामाकोशी दोभानबाट करिब ९ सय मिटर तल पर्ने कानढुंग्री भन्ने स्थानसम्म छेडिने छ ।
सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम मेसिन) आज सुनकोसी नदी किनारको कानढुंग्रीबाट निस्किने छ ।