चितवनलाई एशियाकै नमुना सहर बनाउने प्रचण्डको यस्तो छ योजना

2201 Hits

 

चितवन /

चितवन क्षेत्र नं. ३ का लागि प्रतिनीधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सिंगो मुलुकलाई समृद्ध बनाउने योजना संगसंगै चितवनलाई एशियाकै नमुना शहर बनाउने संकल्प गर्नु भएको छ ।

यसअघिका दुई निर्वाचनमा राष्ट्रिय राजनीतिमा संक्रमणकालको कारण सिंगो देशलाई एकताबद्ध गर्न रोल्पा, काठमाण्डौं र सिराहाबाट उठ्नु भएका माओवादी अध्यक्ष प्रचण्ड यसपटक भने आफ्नो गृह जिल्लाबाट नै उम्मेद्वार हुनुभएको छ । सिंगो देशलाई नै विकास र समृद्धिको बाटोमा अघि बढाउने मुख्य अभिभारा लिएर प्रतिनीधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेद्वार बन्नुभएका माओवादी अध्यक्ष प्रचण्डले चितवनलाई सिंगो एकिकृत विकास योजना अन्र्तगत समृद्ध बनाउने सपना देख्नुभएको छ ।

विकासको एक मात्र उदेश्यलाई पुरा गर्न मुर्त खाका बनाई त्यहिअनुसार बजेट विनियोजन गरेर एशियाकै नमुना शहर बनाउने संकल्प साथ आफु गृह जिल्ला फर्केको अध्यक्ष प्रचण्डले बताउनुभएको छ । हरेक राजनीतिक परिवर्तनको केन्द्र बनेको चितवनलाई सिंगो देशकै समृद्धि र आर्थिक विकासका लागि पनि चितवनले नै पहलमदमी लिने महत्वकाक्षां पनि आफूले राखेको बताउँदै आफु सामान्य किसानको छोरालाई यहि चितवनले नै प्रचण्ड बनाएको हुदाँ अब चितवनबाटै सिंगो देशकोसमृद्धिका लागि आफु उम्मेद्वार बनेको प्रचण्डले बताउनुभएको छ ।

Loading...

Related News

नयाँ रुप र आधारमा निरन्तर क्रान्ति-प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकाले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने…

संघर्षशिल नेता र व्यापारीबीच तुलना गर्नै मिल्दैन : चितवनका मतदाता

चितवन ,  मंसिर । सिंगोजीवन नै नेपालको परिवर्तनका लागि समर्पण गर्ने एउटा संघर्षशिल नेता र एउटा व्यापारी विच तुलना गर्नै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी