माेटरसाइकल पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने : सुरक्षा चिन्ता कि कमिसनको खेल ?

काठमाडौँ, ६ जेठ ।

काठमाडौँ उपत्यकामा हुने मोटरसाइकल र स्कुटर दुर्घटनामा पछाडि सिटमा बस्ने यात्रुको मृत्यु अस्वाभाविक ढङ्गले बढेपछि दुईवटा हेलमेटको प्रयोग अनिवार्य गरिने भएको छ ।


यातायात व्यवस्था विभागसँगको छलफलपछि पछाडि बस्नेलाई अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ )बाट प्रमाणित चिह्न भएको हेलमेट लगाउन अनिवार्य गर्ने तयारी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले मानवीय क्षति रोक्न सवारी ऐन संशोधन गरी छ महिनाभित्र दुईवटा हेलमेट प्रयोगमा अनिवार्य गर्न लागिएको जानकारी दिनुभयो । यो आर्थिक वर्षको वैशाखसम्ममा उपत्यकामा छ हजार नौसय ८२ सवारी दुर्घटना भएका छन् । 
ती दुर्घटनामा परी दुईसय ११ जनाले ज्यान गुमाएका छन् । महाशाखाका अनुसार, दुर्घटनामा परी मर्नेहरूमा ९५ जना मोटरसाइकल र स्कुटरको पछाडि बस्नेहरू छन् भने ७७ जना पैदलयात्रु छन् । महाशाखा प्रमुख पन्तले भन्नुभयो–दुर्घटना भए पनि हेलमेटले सुरक्षित बनाउँछ ।
देशभर ३२ लाख ५० हजार ४२ सवारी साधन दर्ता भएका छन् । तीमध्ये उपत्यकामा मात्र ११ लाख ८४ हजार सवारी सञ्चालनमा छन् । महाशाखाका अनुसार, नौ लाख २१ हजार मोटरसाइकल र स्कुटर रहेका छन् । 
मोटरसाइकल र स्कुटर दुर्घटनामा चालक जोगिने, पछाडिको व्यक्ति हुत्तिएर पछारिने भएका कारण टाउकोमा गम्भीर चोट लाग्दा मृत्यु हुने गरेको विज्ञहरू संलग्न प्रहरीको एक अध्ययनले पुष्टि गरेको महाशाखा प्रमुख पन्तले बताउनुभयो । 
उपत्यकामा बिहान १२ बजेदेखि ६ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ । त्यसपछि साँझ ६ देखि १२ बजेसम्म हुने गरेको ट्राफिक प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । ट्राफिक नियमको उल्लङ्घन, बायाँबाट ओभरटेक र तीब्र गति दुर्घटनाको मुख्य कारण हुन् । 
यो दुई महिनाको अवधिमा दुईहजार ७५ सवारी साधनको प्रदूषण मापन गर्दा एक हजार १२७ साधनको प्रदूषण फेल भएका छन् । ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजना ‘कार्यान्वयन र उपलब्धिका’ विषयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख पन्तले उक्त जानकारी दिनुभएको हो । 
काठमाडौँ उपत्यकाको करीव दुईहजार १४ किलोमिटर सडकमा दैनिक ११ लाख ८४ हजार सवारी गुड्ने गरेका छन् । सडकको अभाव र सवारी साधनको बढ्दो चापका कारण जामका अतिरिक्त दुर्घटना बढ्दै गएको भनाई महाशाखाको छ । 
गत फागुन÷चैतबाट सञ्चालनमा आएको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजना–२०७५ ले सडक अण्डरपास तथा करिडोर सञ्चालनमा ल्याएपछि सवारी जाम घटेको जानकारी त्यस अवसरमा दिएको हो । 
महानगरपालिका बस्ने ९० प्रतिशत चालक सवारी साधनको अवस्था र ट्राफिक नियमको पूर्ण पालना गर्ने विषयमा जानेर हो नजानेर जिम्मेवार नहुने गरेको पाइएको छ । आफ्नो कारणले भन्दा अन्यका कारण दुर्घटना बढी हुने गरेको गुनासो सर्वसाधारणको छ । 
मादक पदार्थ सेवन गरि सवारी चलाए वापत एकसय नौ महिला सहित २६ हजार पाँचसय ९८ जनालाई कारवाही गरिएको छ । सवारी प्रदूषण नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन थप दुई उपकरण प्रयोग गरी प्रदूषण मापन कार्यलाई तिब्र पारिएको उहाँले बताउनुभयो ।
त्यस्तैं, लेन अनुशासन उलङ्घन गर्ने १३ हजार पाँचसय नौ महिला सहित ३३ हजार ३७७ जना चालकलाई कारवाही गरिएको छ । हर्न निषेधमा १२ हजार २७१ वटा सवारी साधन कारवाहीमा परेका छन् ।
प्रविधिमैंत्री ट्राफिक प्रहरी सर्भिलेन्स अभियान अन्तरगत सीसी टिभीको सहयोगमा पाँच हजार ६० सवारी चालक, सर्भिलेन्स भ्यान सेवाबाट ९५५ गरी छ हजार ५५ सवारी चालक कारवाहीमा परेका छन् । 
सो प्रविधिको प्रयोगले ट्राफिक नियमको उलङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले नै फोन गरी कारवाहीको खवर गर्ने व्यवस्था रहेको छ । ट्राफिक नियमको पालना तथा दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले सडक सचेतना अभियान सञ्चालन गर्दै आएको छ । यो अभियान अन्तरगत २० हजार चालकलाई सचेतना कार्यक्रममा समेटिएको महाशाखा प्रमुख पन्तले जानकारी दिनुभयो । उहाँले फुटपाथ पार्किङ, ट्याक्सीले आफूखुशी भाडा उठाउने कार्य र प्रहरीलाई घुस दिने चालक विरुद्धको कारवाही सशक्त पारिएको बताउनुभयो । 

 यसअघि पनि पटक पटक याे व्यवस्था लागू गरिँदै छाड्दै गरेकोमा फेरि साे नियम लागू गर्नुलाई कतिपयले हेलमेट कम्पनी सँग मिलेर कमिसनको खेल हुन सक्ने अाशंका पनि गरेका छन् ।

 Print थप समाचार

 प्रतिकृयानाम
ईमेल
ठेगना

Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds