भारत र पाकिस्तानबीच युद्व विराम, हाेला त दिगाे शान्ति ?

मूलखबर संवाददाता
काठमाडौं, २७ बैसाख

केही दिनदेखी घमासान युद्वकाे भुमरिमा फँसेका छिमेकी देश भारत र पाकिस्तानबीच युद्वविराम भएको छ ।

भारतका विदेशसचिव विक्रम मिसरीले भारत र पाकिस्तान दुवै देशले स्थानीय समयानुसार शनिबार  अपराह्ण ५ बजेदेखि लागु हुने गरी “स्थल, हवाई र समुद्री हमला” रोकेको पुष्टि गरेका छन्।

उनका अनुसार पाकिस्तानका सैन्य कारबाही मामिलाका महानिर्देशकले उनका भारतीय समकक्षीलाई सम्पर्क गरेका थिए र दुवै पक्षले एकअर्कामाथि हमला नगर्ने सहमति जनाएका थिए।

भारतका विदेशमन्त्री एस जयशङ्करले पनि “भारत र पाकिस्तानले आज गोलाबारी र सैनिक कारबाही रोक्न एउटा सहमति” गरेका हुन्।

“भारतले सबै प्रकार र स्वरूपका आतङ्कवादविरुद्ध दह्रो र कडा अडान निरन्तर कायम गर्दै आएको छ। अनि भारतले त्यस्तो अडान कायमै राख्ने छ,” उनले भने।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारले पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सन्देशपछि सोशल मिडियामा लेख्दै पाकिस्तान र भारत युद्धविरामका लागि सहमत भएको जानकारी दिएका थिए।

“पाकिस्तान र भारत तत्काल लागु हुने गरी सङ्घर्षविरामका लागि तयार भएका छन्। पाकिस्तान सदैव आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताका लागि कुनै सम्झौता नगरीकनै यो क्षेत्रमा शान्ति र सुरक्षा चाहन्छ।”

याे अस्थायी युद्व विराम भनिए पनि दुबै देशले दिगाे शान्ति र मित्रतापुर्ण सम्वन्ध राखी आतंकवादविरूद्व साझा ढंगबाट लड्नुपर्ने सुझाव विश्वभरबाट आइरहेको छ ।