गोंगबुमा एनआइसि एशीयाको नयाँ शाखा खुल्यो

काठमाडौं, २३ बैशाख

आक्रामक बजार नीतिका साथ अगाडि वढिरहेको एनआई सी एशिया बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा सञ्चालन गरेको छ ।

उक्त्त शाखाको समुद्घाटन काठमाडौ महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम राज तिवारीले गरेका हुन् ।

बैंकका मुलुकभर २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । त्यसैगरी २५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आईरहेको छ ।