अध्यादेश ९० दिनसम्म पारित नभए अर्को विकल्प खाेजिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले विधेयकहरू संसद्बाट तत्काल पारित नभए सरकारले कानुन निर्माणको विकल्प खोज्ने चेतावनी दिएका छन् ।
संंसदकाे हिउँदे अधिवेशन शुरू भएको पहिलो दिन संसदमा सम्वाेधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले विराेध गरिरहेकाे अध्यादेशकाे बचाउ गर्दै त्यसाे भनेका हुन् ।
उनलेे भने- ‘के हामीले संसद्मा कानुन निर्माणको सवालमा आफनो दायित्व पूरा गरिरहेका छौं ? एउटै कानुन बनाउन किन आधा दशकसम्म लगाइरहेका छौं ? यस मामिलामा अब हामी गम्भीर बन्नैपर्छ,’ उनले भने, ‘छलफल गरौं, बहस गरौं, नमिलेको कुरा हटाऔं, केरौं–फेरौं, जे गरौं, तर अब ६० दिनभित्रै कानुन बनाऔं । मैले आज यस सदनमा विनम्रतापूर्वक आफ्नो कुरा राख्नैपर्छ, सरकारले ल्याएको विधेयकलाई ९० दिन बित्दा पनि संसद्ले पारित गरेन भने सरकारले वैकल्पिक व्यवस्था गर्छ ।’
संसद छलेर अध्यादेशमार्फत शासन गर्न खाेजेकाे भन्दै विपक्षी दलहरूले संयुक्तरूपमा विराेध जनाएपछि उनलेे विपक्षीलाई दबाब दिन त्यस्ताे भनाइ सार्वजनिक गरेका भएपनि विकल्प के हुने भन्ने उनलेे खुलाएका छैनन् ।