क्याट्रिनाको हट फोटो सेसन
बलिउड अभिनेत्री क्याट्रिना कैफले फेसन तथा लाइफस्टाइल म्याग्जिन भोगका लागि हट फोटो सेसन गराएकी छिन् । उनका ती फोटा जुन महिनाको भोग म्याग्जिनको डिजिटल संस्करणमा प्रकाशित हुनेछन् ।
‘सी एन्ड बिच’ (समुद्र र किनार) थिममा खिचिएका उनका ती तस्बिर निकै कामुक लाग्छन् । फोटामा क्याट्रिना पानीभित्र ह्वेल माछासँग रमाइरहेको देख्न पाइन्छ ।
फिलिपिन्सको सेबुमा खिचिएका ती फोटा अहिले चर्चामा छन् । फोटोसेसनका लागि उनलाई अनिता श्राफले तयार पारेकी थिइन् भने उनको हेयर र मेकअप बिआन्का हार्टकोफ र डेनियल बाउरले गरेका थिए ।
