गुगलका नयाँ प्रबिधी
गुगलले प्रत्येक वर्ष गर्ने गुगल आईरओ यो वर्ष पनि सम्पन्न भएको छ । यो सफ्टवेयरमा आधारित एक प्रकारको कन्फ्रेन्स हो । गुगलले बजारमा ल्याउने योजना बनाएका विभिन्न सफ्टवेयर वा त्यस्तै प्रकारका गुगलका उत्पादनसम्बन्धी जानकारी यसमा प्रदान गरिन्छ । यो वर्ष पनि गुगलले आफूले बजारमा ल्याउने योजना बनाएका विभिन्न उत्पादनका बारेमा जानकारी दिएको छ ।
सन् २००८ देखि गुगलले यस प्रकारको कन्फ्रेन्सको आयोजना गर्दै आएको छ । गुगल आईरओको अर्थ ‘इन्पुटरआउटपुट’ वा ‘इन्नोभेसन इन द ओपन’ भन्न सकिन्छ ।
गुगल असिस्टेन्ट
गुगलले पहिले नै ओके गुगल सर्भिस ल्याएको थियो । हाल गुगल असिस्टेन्ट सर्भिस आउने बताइएको छ । ओके गुगलले गर्न सक्ने सबै काम गुगल असिस्टेन्टले गर्नेछ । त्यसबाहेक गुगल असिस्टेन्टले आफ्नो सुविधा र प्राथमिकताका आधारमा कामको बाँडफाँडसमेत गर्नेछ ।
गुगल होम
एउटा वायरलेस स्पिकर र स्मार्ट एप्लायन्स हबलाई गुगल होम भनिएको छ । यो वर्षको अन्त्यमा बजारमा आउने गुगल होममा सबै काम गुगलको सहयोगले गरिन्छ । घरमा आफ्ना सन्तानलाई गुगल सर्च र गुगल ट्रान्सलेसनको सहयोगले होमवर्क गर्न सहयोग गर्न सकिन्छ । त्यसैगरी कुनै टिभी कार्यक्रम हेर्न मन लाग्यो भने भ्वाइसबाट आदेश दिँदा टिभीमा त्यही कार्यक्रम प्रसारण हुन्छ । यद्यपि गुगल होमको मूल्यका बारेमा भने अहिले केही बताइएको छैन ।
गुगल एलो
फेसबुक तथा अन्य म्यासेजिङ एप्सलाई टक्कर दिन गुगलले आफ्नै म्यासेजिङ एप्सका रूपमा गुगल एलो ल्याउने घोषणा गरेको छ । एलोमा जवाफ दिँदा टेक्स्ट सुझाव पनि आउँछ । जस्तो कि कुनै म्यासेजमा हामीले ‘के हामी भोलि साथै लन्च खान सक्छौ रु’ भनेर प्रश्न गरियो र त्यसको उत्तर दिन थालियो भने ‘स्योर’, ‘सरी’ वा ‘आई क्यान नट’ जस्ता सुझाव पनि देखिन्छन् । यसका कारण युजरले आफूलाई आएको म्यासेजको जवाफ तुरुन्तै दिन सक्छ । गुगल एलोलाई भिडियो कलिङमा सपोर्ट गर्न गुगल ड्युओ एप्स समेतप्रयोग गर्न सकिन्छ ।
एन्ड्रोइड एन
एन्ड्रोइड ‘एन’ लाई एन्ड्रोइडको अर्को भर्सन मानिएको छ । यद्यपि यसको नाम अझै पनि निश्चित गरिएको छैन । गुगलले पहिलो पटक एन अक्षरबाट सुरु हुने गरी एन्ड्रोइडका बारेमा जानकारी प्रदान गरेको छ । पहिले गुगलले एन्डोइडको भर्सनलाई मार्समेलो वा लालिपप जस्ता नाम राख्ने गरेको थियो ।
एन्ड्रोइड वेयर २.०
गुगलले शरीरमा लगाएर प्रयोग गरिने अर्थात वेरेबल टेक्नोलोजी पनि बजारमा ल्याउँदैछ । अब स्मार्टवाच पनि एन्ड्रोइडबाट चल्नेछ । यसको सहयोगले स्मार्टवाच वा अन्य डिभाइस वाइफाइ वा सेलुलर नेटवर्कसँग जोड्न सकिनेछ ।
डेड्रिम
गुगलले हाई क्वालिटी भर्चुअल रियालिटीलाई अझ गुणस्तरीय बनाउन डेड्रिम प्रयोग गर्नेछ । गुगलले यसका लागि मोबाइल निर्माता कम्पनी सामसुङ, एचटिसी तथा एलजीसँग मिलेर काम गर्ने बताइएको छ । यसका लागि विभिन्न प्रकारका सेन्सर पनि जोडिने छ । डेड्रिमलाई गुगलको कन्ट्रोलर डिजाइन पनि भन्न सकिन्छ ।