
दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या १२० पुग्यो
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो ।
बिबिसीका अनुसार विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य सवार थिए । सो विमान थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्केको थियो । दक्षिण कोरियाको अग्निशमन विभागका अनुसार मृतक सङ्ख्याबारे एकिन गर्ने काम भइरहेको छ ।
विभागका अनुसार अहिलेसम्म दुई जनाको उद्धार गरिएको छ । विभागले जनाएअनुसार बाँच्न सफल हुनेमा एकजना यात्री र एकजना चालक दलका सदस्य रहेको बिबिसी हिन्दीले जनाएको छ ।
