डिजिटल मिडिया अलायन्सको प्रचण्डसंग भेटघाट

मूलखबर संवाददाता
काठमाडौं

डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ ‘डिम्यान’ गठन गरेका छन् ।आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिक रूपमा डिम्यानम घोषणा गरिएको हो । केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग ’डिजिटल मिडिया अलायन्स’को भेटघाट सम्पन्न
डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरुको नवगठित संस्था ’डिजिटल मिडिया अलायन्स’ (डिम्यान) ले पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट सम्पन्न गरेको छ।
खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले डिजिटल मिडियाहरू संस्थागत भएकोमा खुसी प्रकट गर्दै ‘अहिलेको डिजिटल युग भएकोले डिम्यानले दूरदराजका शोषित पीडित जनताहरूको आवाज बोल्ने विश्वास व्यक्त गर्नुभयो।
”समाजमा बढ्दो नकारात्मकता र निराशालाई आशामा बदल्न पनि तपाईंहरूको संस्थाले सकारात्मक भूमिका खेल्नेछ । गणतन्त्रलाइ सस्थागत गर्न तपाईहरुको डिम्यानले अझै थप सकरात्मक भूमिका खेल्ने छ । तपाईहरुजस्तो युवालाई मेरो पूर्ण साथ् रहने छ।” भेट्मा अध्यक्ष प्रचण्डले भन्नुभयो ।
संस्थाका अध्यक्ष मोहराज पौडेल र महासचिब युबराज कंडेलले डिजिटल मिडिया र सस्थाको भूमिकाको जानकारी गराउनु भएको
साथै उक्त भेटमा संस्थाका सल्लाहकार बिजन दुवाडी, उपाध्यक्ष मोनिका सिंह, उपाध्यक्ष महेश पौडेल,सचिब अर्जुन बिष्ट,कोषाध्यक्ष कमल सरगम ,सदस्य गोपीकृष्ण चापागाई र नरेन्द्र महरा समेत सहभागी हुनुहुन्थ्यो ।