पाठ्यपुस्तक नपाएको बहानामा शिक्षकहरु फिल्म हेर्न व्यस्त

okhaldhunga

मनोज भट्टराई, ओखलढुंगा, १६ जेठ ।
ओखलढुंगा यसमस्थित यसम मावि मा पाठ्यपुस्तक उपलव्ध नहुदा शिक्षकहरु फिल्म हेरेर दिन कटाउन थालेका छन् । पाठ्यपुस्तक अभाव भएको भन्दै कक्षा १ देखि ५ मा अझै पठनपाठन सुचारु हुन सकेको छैन । शैक्षिकसत्र सुरु भएको १ महिना विति सक्दापनि पुस्तक अभावले पठनपाठन अबरुद्ध भएको हो ।
यसम माविमा मात्र नभएर यसम गाविसमा भएका ५ वटै विद्यालयहरुमा पुस्तक अभाव भएका कारण प्रावि तथा निमावि र माविमा पठनपाठन अवरुद्घ भएको हो । पाठ्यपुस्तक अभावका कारण पढाइ नहुदा विद्यार्थी यत्रतत्र हिड्नु त यहाँको दैनिकी बनीसकेको छ । विद्यार्थीहरु यत्रतत्र छरिएर खेलिरहेको अबस्थामा संचारकर्मीहरुले अनुगमन गर्दा विद्यार्थीलाई नियन्त्रण गर्न छाडेर शिक्षकहरु भने कार्यालय भित्र ल्यापटपमा चलचित्र हेरिरहेको अवस्थामा भेटिएका छन् ।
यसरी विद्यार्थी र शिक्षकहरु अध्ययन छाडेर अन्य गतिविधि गरिरहँदा पनि यहाँका अभिभावकहरु भने मौन रहने गरेका स्थानीय संचार कर्मि अस्मिता श्रेष्ठले बताउनु भयो । यश विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु कार्की आफुले केही गर्न नसकेको बताउनु हुन्छ । किन यसरी विद्यार्थी दिनभर बाहिर डुलिरहेका भन्ने प्रश्नमा प्रअ चन्द्रबहादुर श्रेष्ठले गर्मि भएका कारण विद्यार्थी बाहिर छरपष्ठ भएका र पठ्यपुस्तक नभएकाले यस्तो अवस्था भएको बताए । प्रअ श्रेष्ठले जतिसुकै छल्न खोजे पनि दिउँसो २ वजेदेखि शिक्षकहरू फिल्म हेर्न व्यस्त देखिन्थे ।