गणतन्त्र दिवसको अवसरमा ८ सय ८७ कैदीको बाँकी सजाय भुक्तानी

काठमाडौं,१५ जेठ ।

गणतन्त्र दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने ३ सय ६० जनालाई विभिन्न विभुषण र मानपदवी मार्फत सम्मान गर्दैछ ।

त्यस्तै प्राकृतिक प्रकोपका पीडितको उद्धार गरेबापत ५६ हजार २ सय ७९ र १८ औं शिखर सम्मेलन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका २५ हजार १ सय २२ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी छन् । ।

दिवसका अवसरमा विभिन्न मुद्दामा कैद सजाय भोगीरहेका ८ सय ८७ कैदीको बाँकी सजाय भुक्तानी समेत आज मिनाहा भएको छ । । मन्त्रिपरिषद्को सिफारिस बमोजिम सम्मान र कैद मिनाहा गरिएको हा ।