भरतपुर महानगरपालिका सबैभन्दा उत्कृष्ट

मूलखबर संवाददाता
काठमाडौं,

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा  भरतपुर महानगरपालिका सबैभन्दा उत्कृष्ट महानगरपालिका बनेको छ ।

समग्र पालिकामा उत्कृष्ट ९ मा पर्न सफल भरतपुर ७६.२ अंक प्राप्त गर्दै ६ महानगरपालिका मध्ये उत्कृष्ट बन्न सफल भएको हो । भरतपुर महानगरपालिकाको प्रमुख अहिले नेकपा (माओवादी केन्द्र)काका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाल रहेकी छन् ।

यस्तै ७३.५ अंक प्राप्त गर्दै मोरङको बिराटनगर महानगरपालिका दोस्रो, ६६.७ अंक प्राप्त गर्दै ललितपुरको ललितपुर महानगरपालिका तेस्रो, ५४.३ अंक प्राप्त गर्दै काठमाडौं महानगरपालिका चौथो, ५१.५ अंक प्राप्त गर्दै पोखरा महानगरपालिका पाँचौ र सबैभन्दा कम ४३.१ अंक प्राप्त गर्दै पर्साको बिरगञ्ज महानगरपालिका छैटौ तथा अन्तिममा पर्न सफल भएको छ ।

उपमहानगरपालिकामा घोराही उत्कृष्ट

मुलुकभरमा रहेका ११ उपमहानगरपालिका मध्ये बित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगरपालिका सबैभन्दा उत्कृष्ट बनेको छ । घोराही ६६.९ अंक प्राप्त गर्दै ११ उपमहानगरपालिका मध्ये उत्कृष्ट बन्न सफल भएको हो । घोराही उपमहानगरपालिकाको प्रमुख अहिले नरुलाल चौधरी छन् । उनी नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

यस्तै ६३.३ अंक प्राप्त गर्दै धनगढी उपमहानगरपालिका दोस्रो, ६२.५ अंक प्राप्त गर्दै हेटौडा उपमहानगरपालिका तेस्रो, ६०.७ अंक प्राप्त गर्दै बुटबल उपमहानगरपालिका चौथो, ५८.१ अंक प्राप्त गर्दै कलैया उपमहानगरपालिका पाँचौ नम्बरमा पर्न सफल भएको छ । सबैभन्दा ३५.८ अंक प्राप्त गर्दै जनपुरधाम उपमहानगरपालिका सबैभन्दा कमजोर देखिएको छ ।