यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पढेर फर्कँदै गरेकी १४ वर्षीय बालिका धनगढीमा बलात्कृत. मूलखबर संवाददाता धनगढी, २७ माघ । सुदुरपश्चिम प्रदेशमा फेरी एक स्कूले बालिका बलात्कारमा परेकी छिन् । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक किशोरीमाथि बलात्कार भएको हो । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।. धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।. प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।. किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।. जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए । कन्चनपुरमा १४ वर्षीय बालिका निर्मला पन्तको बलातकारपछि हत्या भएको घटनापछि पनि थुप्रै वालिकाहरु सुदुरपश्चिम प्रदेशमा वलात्कारमा परिरहेका छन् । निर्मला पन्तको हत्याराको खोजी जारी रहेपनि अझैसम्म दोषी पत्ता लाग्न सकेको छैन ।.
पढेर फर्कँदै गरेकी १४ वर्षीय बालिका धनगढीमा बलात्कृत
मूलखबर संवाददाता
धनगढी, २७ माघ ।
सुदुरपश्चिम प्रदेशमा फेरी एक स्कूले बालिका बलात्कारमा परेकी छिन् । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक किशोरीमाथि बलात्कार भएको हो । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।
प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।
किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए ।
कन्चनपुरमा १४ वर्षीय बालिका निर्मला पन्तको बलातकारपछि हत्या भएको घटनापछि पनि थुप्रै वालिकाहरु सुदुरपश्चिम प्रदेशमा वलात्कारमा परिरहेका छन् । निर्मला पन्तको हत्याराको खोजी जारी रहेपनि अझैसम्म दोषी पत्ता लाग्न सकेको छैन ।