हिरोसिमा पुगे ओबामा ,न दुःख व्यक्त गरे ,न माफी नै मागे

एजेन्सी,१४ जेठ ।

27052016031316obama-1000x0

अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा पुगेका छन् । सन् १९४५ मे २७ अर्थात् आजकै दिन अमेरिकाले हिरोसिमामा आणविक बम आक्रमण गरेको थियो ।

आणविक बम आक्रमण गरेको ७१ वर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिले हिरोसिमा भ्रमण गरेका हुन्। आणविक आक्रमणपछि जापानको हिरोसिमा पुग्ने उनी पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । ओबामा आज हिरोसिमामा निर्माण गरिएको आणविक आक्रमणको स्मारकमा पुगेका थिए ।

दोस्रो विश्वयुद्धका बेला अमेरिकाले पहिलोपटक सन् १९४५ मा अणुबम आक्रमण गर्दा हिरोसिमामा १ लाख ४० हजार मानिसले ज्यान गुमाएका थिए । यसको दुई दिनपछि जापानको अर्को सहर नागासाकीमा प्रहार गरिएको बमले थप ४० हजारको ज्यान लिएको थियो ।

यो घटनालाई मानव इतिहासको सबभन्दा क्रुर र भयावह घटनाका रुपमा लिइन्छ । गत महिना मात्रै अमेरिकी विदेश मन्त्री जोन केरी पनि यो स्मारकमा पुगेका थिए ।

ओबामाले हिरोशिमामा निर्माण गरिएको स्मारकमा फूलको माला चढाएका छन् । यस घटनाका बारेमा भने ओबामाले कुनै प्रतिक्रिया दिएनन् । उनले यो घटनाप्रति अमेरिकाको तर्फबाट न त दुःख व्यक्त गरे न माफी नै । यो घटनालाई विश्वयुद्ध रोक्नका लागि आवश्यक कदमका रुपमा व्याख्या गरिदै आइएको छ ।

तर बिहानको समयमा गरिएको अमेरिकी आणविक आक्रमणले कयैन दुधे निर्दोष बालखदेखी आम नागरिकले ज्यान गुमाउनु परेको थियो । यो संसारकै दुष्टहरुलाई दिने सजाय भन्दा कम थिएन । अमेरिकाको यस्तो हकर्र्त दुनियाँले अझैपनि बिर्सन सकेका छैनन् ।
ओबामाले आफ्नो हिरोसिमा भ्रमणलाई ‘सबभन्दा दुखदायी घटनालाई आपसमा जोड्ने सेतुका रुपमा प्रयोग गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा’ लिन सकिने बताए । ओबामासँगै जापानी प्रधानमन्त्री सिन्जो अबे पनि स्मारक संग्रहालय पुगेका थिए ।

ठूलो औद्योगिक राष्ट्रहरुको भेला ‘जि–७’ बाट ओबामा हिरोसिमा पुगेका थिए । केही दिनअघि मात्रै ओबामा अमेरिकासँग ठूलो युद्ध लडेको अर्को देश भियतनाम पुगेका थिए । अमेरिकी राष्ट्रपतिका रुपमा ओबामाको दोस्रो कार्यकाल समाप्त हुन लागेको छ ।