
नयाँ दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता
भारतको राजधानी शहर नयाँदिल्लीको मुख्यमन्त्री रेखा गुप्ता हुने भएकी छन् । हालै सम्पन्न दिल्लीको निर्वाचनमाविजयी भएको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो । ओमप्रकाश सहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।
गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।
दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो । केजरीवाल नेतृत्वको आम आदमी पार्टीलार्य पराजीत गरी भाजपाले दिल्लीको बागडोर सम्हाल्न लागेको हो ।
गुप्ता सहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए । नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार मध्याह्न रामलीला मैदानमा हुने बताइएको छ ।
