
बहिनीको मृत्युले शोकाकुल बनेका बिमल र आमा
आफ्नी बहिनी मनिषाको मृत्युको खबरसँगै फुटबलर विमल घर्तीमगर बेल्जियमबाट नेपाल फर्किएका छन् । उनी विमानस्थलबाट सिधै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।
एक मात्र बहिनी गुमाउँदाको पीडामा रहेका बिमललाई आफूसँगै आमालाई समेत सम्हाल्नुपर्ने अवस्था थियो । त्रिवि शिक्षण अस्पतालमा बहिनीको शब देखेपछि उनी निकै भक्कालिएका थिए ।
उनीहरुलाई अस्पतालमा उपस्थित आफन्त र शुभचिन्तकहरुले सान्त्वना दिएका थिए । नवलपरासीमा बिहीबार मृत भेटिएपछि मनिषाको शब पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याइएको छ ।
