
विमल घर्ती मगरकी बहिनीको हत्या
काठमाडौं, १३ जेठ ।
नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनीको हत्या भएको छ ।
विमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् । उनकी आमा वुटबल गएको बताइएको छ ।
विहान मनिषा मृत अवस्थामा भेटिएको भन्दै गाउँलेले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।
अहिले उनको शव परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
