चक्काजाममा प्रहरीद्धारा निःशुल्क बस संचालन
यातायात व्यवसायीले गरेको चक्काजामका कारण अलपत्र परेका यात्रुहरुका लागि नेपाल प्रहरीले निःशुल्क बस सञ्चालन गरेको छ ।
प्रहरीले सार्वसाधारण यात्रुको सुविधाको लागि काठमाडौं उपत्यकाको मूख्य मूख्य चोकलाई आधार बनाएर निःशुल्क बस सञ्चालन गरेको हो ।
प्रहरीले अलपत्र यात्रुहरुको उद्धारका लागि दुई रुटमा बस सञ्चालन गरेको हो । पहिलो रुट अनुसार बस प्रहरी प्रधान कार्यालय नक्सालबाट पुतलीसडल, थापाथली, पुल्चोक, जावलाखेल हुँदै एकान्तकुना , बल्खु, कालीमाटी, त्रिपुरेश्वर हुँदै पुनः नक्साल आउनेछ ।
त्यस्तै दोस्रो रुट अनुसार नक्सालबाट ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, लाजिम्पाट, महारजगञ्ज, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्सालमा आउनेछ ।
ट्राफिक प्रहरीले नियम उल्लंघन गरेबापतको जरिवाना बढाएको बिरोधमा यातायात व्यवसायीले देशभर चक्काजाम गरेपछि सार्वजनिक सवारीसाधन चलेका छैनन् । जसका कारण सार्वसाधारण यात्रुले सास्ती ब्यहोर्नुपरेको छ ।