
बाजुरामा बाढीले बगाउँदा २ बालकको मृत्यु
बाजुरा, १२ जेठ ।
बाजुरामा भीषण वर्षासँगै आएको बाढीले बगाउँदा दुई बालकको ज्यान गएको छ । बाढीले बगाउँदा ४ जना घाइते भएका छन् ।
म्ंगलबार अपराह्नपछि परेको पानीका कारण बाजुराको रुगिन गाविस–६ स्थित कवाडी खोलामा आएको बाढीले बस्ती नै बगाएको प्रहरीले जनाएको छ ।
बाढीले बगाउँदा १० वर्षका निखिल बुढा र ६ वर्षका दीर्घ बुढाको ज्यान गएको हो । गाउँमा रहेका झण्डै ५० वटा घर पनि बगाएको प्रहरीले जनाएको छ । घाइते ४ जनाको रुगिन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
