ऐन विपरीत शुल्क लिएका विद्यालयलाई कारबाही गर्न बिद्यार्थी संगठनहरुको माग

काठमाडौं,११ जेठ ।

संयुक्त विद्यार्थी सङ्गठनको बैठकले ऐन विपरीत शुल्क लिएका विद्यालयलाई चाँडो कारबाही गर्न माग गरेको छ ।

पुतलीसडक स्थित नेविसंघ कार्यालयमा  आज बसेको संयुक्त विद्यार्थी सङ्गठनको बैठकले अनुगमनका क्रममा धेरै शुल्क लिएको जनाई कारबाही गर्न माग गरेको हो ।

student union

 

 

 

 

 

 

 

 

 

 

अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले  अनुगमनका क्रममा धेरै विद्यालयले शिक्षा ऐनभन्दा बढी रकम लिएको भन्दै कारबाही गर्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउन लागिएको बताए । उनले भने, “अनुगमनका क्रममा भएका कमी कमजोरी सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन गर्छौँ र पर्सि शिक्षामन्त्रीलाई भेटेर तीन दिनभित्र कारबाही गर्न आग्रह गछौँ ।”

कारबाही गर्न मन्त्रालयले आलटाल गरे फेरि आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । अनुगमन जानुपूर्व शिक्षा मन्त्रालयले एक हप्तामा कारबाही गर्ने सहमति भए पनि कारबाही गर्न आलटाल गरेपछि विद्यार्थीले शिक्षामन्त्रीलाई अन्तिम चेतावनी दिन लागेका हुन् ।

बैठकमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) अनेरास्ववियु (पाचौं )लगायत ११ विद्यार्थी सङ्गठनका नेताको सहभागिता थियो ।

संयुक्त विद्यार्थी संगठनको वैठकको प्रेस नोट

आज विहान संयुक्त विद्यार्थी संगठनको वैठक निजी विद्यालय शुल्क अनुगमन र सस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका उल्लङ्गन लयायतको विषयमा वस्यो।वैठक नेविसंघ कार्यालयमा वस्यो।

#संयुक्त विद्यार्थी आन्दोलन पछि शिक्षा मन्त्रालउका सहसचिवको नेतृत्वमा वनेका तिनओटा अनुगमन टोलीको अनुगमनको सन्दर्भमा वैठक केन्द्रित।

#वैठकका निर्णय :
# निजी विद्यालयले अकुत शुल्क उठाएको ठहर।
-भोलि विद्यार्थी संगठनको तर्फबाट अनुगमनका क्रममा देखिएका विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक र भण्डाफोर गर्ने
-सरकारलाई अनुगमन प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्वाही गर्न माग गर्ने
-पत्रकार सम्मेलन मार्फत थप आन्दोलन घोषणा गर्ने

#वैठक मुलत: संस्थागत विद्यालयको शुल्क अनुगमनमा केन्द्रित रह्यो।

#वैठकमा नेविसंघको तर्फबाट अध्यक्ष रञ्जित कर्ण,केस लेखनाथ पोखरेल,प्रवक्ता युपि लामिछाने

=अखिल(क्रान्तिकारी)को तर्फबाट उपाध्यक्ष रञ्जित तामाङ ,प्रवक्ता सुरेन्द्र वस्नेत

=अनेरास्ववियु वाट सचिव समिक वडाल ।
#नेक्राविसंघ,अखिल(पाँचौ ),अखिल(छैठौं)नेप्रवियु लगायतको सहभागीता।

सुरेन्द्र बस्नेत
प्रवक्ता ,अखिल(क्रान्तिकारी)