
४ म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा
काठमाडौं,९ जेठ ।
वैदेशिक रोजगार विभागले काठमाडौंस्थित ४ वटा म्यानपावर कम्पनिमा आज छापा मारेको छ ।
सेवाग्राहीबाट तोकिएभन्दा बढी मुल्य लिएको सुचना र अजुरी आएपछि विभागले छापा मारेको श्रममन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार छापा मारेर ती म्यानपावरका सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिईएको छ । ती कागजातहरु अनुसन्धानपछि मात्र फिर्ता दिने मन्त्रालयको भनाई छ ।
