एसएलसी आइकन २०१६’ गरिने

slc-iconकाठमाडौं,९ जेठ ।

सौन्दर्य र प्रतिभामूलक प्रतियोगिता गर्दै आएको ‘अल नेपाल पब्लिकेशन’ले ‘मिष्टर एण्ड मिस नेपाल्स एसएलसी आइकन २०१६’ गर्ने भएको छ ।

एसएलसी दिएर बसेका किशोर किशोरीमा अन्र्तनिहित प्रतिभा प्रष्फुटन र उनीहरुको व्यक्तित्व एवं क्षमता अभिृबद्धीका लागि प्रतियोगिता आयोजना गर्न लागेको पब्लिकेशनको भनाई छ ।

एक महिने तालिम दिईसकेपछि प्रतिस्पर्धी किशोर-किशोरीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिने छ । प्रतियोगीतामा उपाधी जित्नेले चलचित्र, टेलिचलचित्र, विज्ञापन एवं म्यूजिक भिडियोमा अभिनय गर्न पाउने आयोजक संस्थाकाे दाबी छ ।

प्रतियोगितामा ११ किशोर र २१ किशोरी गरी कुल ३२ जनाले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् । नेपालमा विभिन्न नाम दिएर सौन्दर्य  प्रतियोगीता गर्ने प्रथा ह्वात्तै बढेको छ । तर, गुणस्तर भन्दा संख्यात्मक रुपमा धेरै यस्ता कार्यक्रम हुँदा चर्चा पनि हुन छाडेको छ । जसले गर्दा यस्ता कार्यक्रमको महत्व पनि घट्दै गएको पाइन्छ ।